देशभर यसरी मनाइदैछ मकर सङ्क्रान्ति

Ridi news

काठमाडौं । हिन्दू धर्मावलम्बीले मनाउने मकर संक्रान्ती देशभर कार्यक्रम गरी मनाइँदैछ । माघी संक्रान्तीको अवसरम विभिन्न मन्दिर र नदीहरुमा स्नान गर्नेहरुको घुइचो लागेको छ ।

माघीकै अवसरमा कोशी र कमला नदीमा माघी नुहाउनेको भीड लागेको छ । हिन्दू धर्मावलम्बीले मनाउने मकर सङ्क्रान्ति पर्वको अवसरमा आज सप्तकोशी नदीमा नुहाउने (स्नान) गर्नेको भीड लागेको छ ।

आजको दिन नदीमा नुहाउनाले पाप कट्ने र पुण्य प्राप्ति हुने जनविश्वास रहेको छ । उक्त नदीमा सुनसरी र सप्तरी जिल्ला तथा छिमेकी राष्ट्र भारतको विहार राज्यअन्तर्गत सुपोल जिल्लाका विभिन्न गाउँ र शहरका वृद्धवृद्धा, बालबालिका तथा महिलाको सप्तकोशी नदीमा नुहाउनका लागि भीड लागेको छ ।

नुहाएपछि स्थानीय मठमन्दिर तथा भारदहमा रहेको कंकालनी भगवती मन्दिर र कोशी ब्यारेजमा रहेका हनुमानजीको मन्दिरमा पूजाआजसमेत गर्ने गरेको बताइएको छ ।

सिरहा जिल्लाको कमला नदीमा पनि धनुषा र सिरहाका हजारौँ हिन्दु धर्मावलम्बी बिहानैदेखि नुहाउने व्यस्त छन् । अहिले कमला र कोशी नदी छेउमा किनमेलका लागि मेलासमेत लागेको बताइएको छ ।

यता नेपालकै उत्कृष्ट धार्मिक पर्यटकीय क्षेत्र तथा पवित्र तीर्थस्थल चितवनको देवघाटधाममा भक्तजनको रातिदेखि नै घुइँचो लागेको छ । मकर मेलाका लागि विभिन्न जिल्ला तथा भारतबाट समेत भक्तजन आएर स्नान गर्ने र पूजाआजा गर्ने क्रम बिहान ४ बजेदेखि नै शुरु भएको हो ।

देवघाटमा स्नानगरी पूजा गर्नाले मोक्ष मिल्ने र मनोकामना पूरा हुने विश्वास रहेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले बताए । हिजो आएका भक्तजन रातभर भजनकीर्तनसहित धुनी लगाई जाग्राम बसेर आज बिहान ४ बजेदेखि नै गंगामा नुहाइ पूजाआजामा सक्रिय छन् ।

परापूर्वकालदेखि नै देवघाटमा यो समयमा विशेष मेला लाग्दै आएको छ । आज दिनभर नै यहाँ मेला लाग्छ । नेपालकै महत्वपूर्ण धार्मिक तीर्थस्थलको गन्तव्य मानिने देवघाट भारतका हिन्दूको समेत मुख्य तीर्थस्थल बन्ने गरेको छ ।

त्यसैगरी विगतका वर्षमा जस्तै यस पटक पनि गुल्मीको धार्मिक क्षेत्र रिडीमा माघे संक्रान्ती मेला शुरु भएको छ । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थल रुरु क्षेत्रको रिडीमा वर्षेनी तीन दिनसम्म भव्यरुपमा मेला लाग्ने गर्दछ ।

रुरु क्षेत्र विकास समितिको व्यवस्थापनमा सञ्चालन हुन गइरहेको उक्त मेलालाई थप व्यवस्थित बनाउन यस पटक कालीगण्डकीको किनारलाई सफा गरी तीर्थालुलाई नुहाउन सहज बनाइएको छ ।

विशेष गरी जेठी, माइली र कान्छी सङ्क्रान्ति गरी तीन दिनसम्म सञ्चालन हुने माघे संक्रान्तीको पहिलो दिन दिनभर कालीगण्डकी नदीमा स्नान गर्न आउने श्रद्धालुको घुइँचो लाग्ने गर्दछ । रुरु क्षेत्रअन्तर्गत रिडीस्थित कालीगण्डकी नदिमा स्नान गरेपछि श्रद्धालु कालीगण्डकी नदी नजिकै रहेको ऋषीकेश मन्दिरमा पुगी पूजाआजा गर्ने गर्दछन् ।

झापाको कनकाई नदीमा मकर स्नान गर्नेको घुइँचो लागेको छ । सौर्यमानको हिसाबले माघ महिना शुरु हुने पहिलो दिनलाई माघे सङ्क्रान्ति भनिन्छ । मकर राशिको नामबाट माघे सङ्क्रान्तिलाई मकर सङ्क्रान्ति पनि भन्ने गरिएको छ । माघ १ गतेदेखि सूर्यको उत्तरायण हुने हुँदा रात छोटा र दिन लामो हुँदै जान्छ ।

हरेक वर्षझैँ यस वर्ष पनि कनकाई नदी किनारमा मेला लागेको छ । माईमेलाको नामले प्रख्यात यस मेलामा ठूलो संख्यामा श्रद्धालु भक्तजन मेला भर्न आउने गरेका छन् ।

माईधारमा मकर स्नानका लागि हजारौँ मानिस मेलामा आउने शिवसताक्षी स्थानीयवासी पंकज भुर्तेलले बताउनुभयो । उता, मेलामा कुनै अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा बनाइएको छ । मेलामा ३ सय बढी नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएको इलाका प्रहरी कार्यलय झिलझिलेका प्रहरी निरीक्षक कैलाश राईले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...