किन अल्झियो मुख्य मन्त्रीमै कुरा ?

Karyadal baithak

काठमाडौं । एमाले र माओवादीको संयुक्त कार्यदलको बैठकमा मुख्यमन्त्रीको कुरा नमिल्दा फेरि निर्णय गर्ने जिम्मा अध्यक्ष मण्डललाई दिइएको छ ।

आइतवार सिंहदरवारमा भएको कार्यदलको बैठक प्रदेशका मुख्य मन्त्री मै केन्द्रित भएको थियो । बैठकमा माओवादीले २ मुख्यमन्त्री र ४ सभामुख मागेको थियो । माओवादीले प्रदेश ६ र ७ को मुख्यमन्त्रीको दाबी गर्दै आएको छ ।

एमाले र माओवादीको ६ वटा प्रदेशमा बहुमत छ । प्रदेश २ मा भने मधेस केन्द्रीय दलको बहुमत पुगेको छ । यसकै आधारमा माओवादी २ प्रदेशमा मुख्य मन्त्री दावी गरेका छ । राष्ट्रियसभामा भने मतका आधारमा सिट बाँडफाँट गर्ने माओवादीले प्रस्ताव गरेको छ ।

प्रदेश ६ र ७ मा माओवादी र एमालेले १, ३, ४ र ५ मा मुख्यमन्त्री पाउनुपर्ने पक्षमा माओवादी छ । तर, एमालेले अन्य ५ वटा प्रदेशको मुख्यमन्त्री छोड्न नसक्ने बैठकमा प्रस्ताव राखेका छ ।

मुख्यमन्त्रीमा कुरा नमिलेपछि राष्ट्रिय सभाको उम्मेदवार मनोयनपछि मात्रै त्यस विषय टुंग्याउन कार्यदल सहमतिमा पुगेको छ । राष्ट्रिय सभाको उम्मेदवार चयन तथा प्रदेश सभाको सरकार गठनका लागि बनेको संयुक्त कार्यदलको दोस्रो बैठकले राष्ट्रिय सभाको उम्मेदवार छनोट टुंग्याउने विषयमा भने निर्णय गरेको छ ।

स्थानीय तहमा दलले प्राप्त गरेको परिणामको आधारमा नै सिट बाँडफाँट गर्ने विषयमा कार्यदल सदस्यबीच मोटामोटी सहमति भएको छ । सो कार्यदलको बैठक माघ ३ मा फेरि बस्ने छ ।

प्रतिकृया दिनुहोस