बामगठबन्धन टुटाउन देशी बिदेशी शक्ति सक्रिय : शाही

Shahi

भक्तपर । पूर्व मन्त्री एवं माओवादी केन्द्रका युवा नेता महेन्द्रबहादुर शाहीले बामगठबन्धन तोड्नु देशी विदेशी शत्तिलको चलखेल बढेको बताए । 

उनले बामगठबन्धन र लोकतान्त्रीक गठबन्धनलाई टुक्राउँदै आफ्नो शक्ति केन्द्रका रुपमा नेपाललाई प्रयोगन गर्न देशी विदेशी शक्ति लागेको बताउँदै उनले बामगठबन्धको एकता तोड्ने चलखेल जारी रहेता पनि त्यसले पूर्णता नपाउने बताए ।

५ बर्ष सम्म बामगठबन्धनबाट एक जना प्रधानमन्त्री र अर्को पार्टी अध्यक्ष हुने बताउँदै अब बन्ने बामगठबन्धनको सरकारमा केपी शर्मा ओली प्रधानमन्त्री भए प्रचण्ड पार्टी अध्यक्ष हुने त्यो कार्यकाल पाँच बर्ष हुनेमा कसैलाई शंका नर्गन उनले आग्रह गरे ।

उनले वर्तमान देउवा सरकाले जाँदा जाँदै गरेको राम्रा कामको निरन्तरता दिने तर गलत निर्णय नयाँ बन्ने बामगठबन्धनको सरकारलाई मान्य नहुने बताए । अब कहिल्यै सरकारमा आउन पाइन्न जस्तो गरेर जसरी निर्णय गरेको छ यो कामचलाउ सरकारले त्यो सरासर संबिधान बिपरित गएर काम गरिरहेको उनले बताए ।

निर्वाचन आयोगले समेत नयाँ सरकार गठनमा देखाएको अलमल रहस्यमय भएको भन्दै उनले निर्वाचन आयोगले तत्परता देखाउन नसक्दा नयाँ सरकार गठनमा अवरोध भएको र संबिधानको समेत उलंघन गर्ने काम गरेको उनको टिप्पणी छ ।

उनले प्रदेश नं ६ को समग्र विकासका लागी आम राजनीतिक दल एकजुट भएर लाग्नुपर्ने बताए । उनले प्रदेश राजधानीका बिषयमा ६ नम्बर प्रदेशमा कुने विवाद नरहेको समते दाबी गरे । ६ नंम्बर प्रदशेका लागि आफू मुख्य मन्त्रीका लागि योग्य रहेको र जिम्मेवारी बहनको अवसर दिए कुसलतापूर्वक निर्वाह गर्ने समेत बताए ।

 

प्रतिकृया दिनुहोस