पूर्व सभामुख भन्छन्, सरकारले राष्ट्रियसभाको निर्वाचन सार्न खोज्यो

Suwash chandra nembang

काठमाडौं । निर्वाचन आयोगले माघ २४ मा राष्ट्रिय सभाको निर्वाचनको मिति घोषणा गरिसकेको अवस्थामा पनि निर्वाचन नहुने हो किन भन्ने दलहरुले शंका व्यक्त गरेका छन् ।
नेकपा एमालेका नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले खुलेरै यो सरकारले राष्ट्रियसभाको निर्वाचन सार्न खोजेको आरोप लगाएका छन् । उनले निर्वाचनको मिति र कार्यतालिकासमेत घोषणा भइसकेको अवस्थामा पनि सरकारले राष्ट्रियसभाको निर्वाचन सार्न खोजिरहेको आरोप लगाए ।

दोलखा–काठमाडौं सम्पर्क मञ्चले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचित सांसदलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रममा नेता नेम्वाङले प्रदेश प्रमुख र अस्थायी मुकाम नतोक्नुले सरकार राष्ट्रियसभाको निर्वाचन सार्न खोजेको आशंका उत्पन्न भएको दावी गरे ।

‘सरकारले षडयन्त्रमूलक ढंगबाट निर्वाचन सार्न खोजेको छ’ उनले भने, ‘होइन भने सरकारले यथाशीघ्र प्रदेश प्रमुख र अस्थायी राजधानी तोकोस् ।’ उनले वाम गठबन्धनले बहुमत ल्याउँदा पनि वर्तमान सरकारले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त नगरेको गुनासो गरे ।

सो अवसरमा दोलखाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पार्वत गुरुङ र प्रदेशसभा सदस्य पशुपति चौलागाईँ र विशाल खड्काले दोलखाको विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस