खेलकुद कार्यक्रम सम्पन्न

खेलकुद कार्यक्रम सम्पन्न

भद्रपुर । अनुशासनका लागि खेल, व्यावहारिक शिक्षाका लागि प्रयोगात्मक ज्ञान’ नाराका साथ भद्रपुर नगरपालिका– ३ मा वार्षिक खेलकुद कार्यक्रम सम्पन्न भएको छ ।

मुनाल एकेडेमीले सञ्चालन गरेको तीन दिवसीय वार्षिक खेलकुद कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद उप्रेतीको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

अतिरिक्त ज्ञान र विद्यार्थीको स्वास्थ्यका लागि आधारभूत आवश्यकताका रुपमा वार्षिक खेल कार्यक्रम गरिएको मुनाल एकेडेमीका प्रिन्सिपल इन्द्रबहादुर खतिवडा बताए । प्रतियोगितामा नर्सरीदेखि कक्षा १० सम्मका ४५० विद्यार्थीले विभिन्न खेलमा प्रतिष्पर्धा गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

लोकसेवा आयोगको अत्यन्त जरुरी सुचना

काठमाडौँ । लोक सेवा आयोगले सुचना जारी गर्दै लिखित परिक्षाको प्रश्नपत्र सामाजिक सञ्जालमा पोस्ट गरे...