एकताको मोडालिटीको विषयमा अाज एमालेले स्थायी कमिटीमा छलफल गर्दै

Uml..

 काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच अाइतबार भेटवार्ता भएपछि  नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ ।

प्रचण्ड र ओलीबीच भेटवार्तामा पार्टी एकतालाई कसरी निष्कर्षमा पु¥याउने भन्ने र नयाँ सरकार निर्माण एवं राष्ट्रियसभा गठनबारे गम्भीर छलफल भएपछि माओवादी केन्द्रसँग पार्टी एकता लगायतका विषयमा छलफल गर्न बैठक दिउँसो २ बजेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्न लागेको हो ।

बैठकमा पार्टी एकताको मोडालिटीको विषयमा छलफल हुनेछ । त्यसका लागि कार्यदल गठन गर्ने तयारी छ ।

पार्टी एकताको विषयमा आइतबार साँझ एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच छलफलसमेत भएको थियो । छलफलमा पार्टी एकताका लागि वैचारिक-राजनीतिक र सांगठनिक एकताका लागि छुट्टाछुट्टै कार्यदल गठन गर्ने सहमति भएको थियो ।

मंगलबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने तयारी समेत छ । सोही बैठकबाट पार्टी एकता प्रक्रियालाई टुंगोमा पुर्‍याउनका लागि वैचारिक राजनीतिक काम र सांगठानिक काम गर्न एउटा टीम बनाएर जिम्मा दिने र केही दिनभित्र यो प्रक्रियालाई निश्कर्षमा पुर्‍याउने दुबै पार्टीका नेताहरुले बताएका छन् ।

यसैबीच एमालेसँग पार्टी एकताको विषयमा माओवादी केन्द्रका शीर्ष नेताहरु पनि अनौपचारिक छलफलमा जुटेका छन् ।  

प्रतिकृया दिनुहोस