ओली-प्रचण्डः संयुक्त कार्यदल बनाउने सहमती, बाम एकता पक्का

Dahal oli


काठमाडौं । विभिन्न हल्ला र आंकलनमा विचमा एमाले र माओबादी एकता हुने पक्का भएको छ । आज बसेको नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु पार्टी एकताका लागि वैचारिक राजनीतिक र सांगठानिक सहमति खोज्न संयुक्त कार्यदल बनाउन सहमत भएका हुन। यो कार्यदलले मंगलबार बस्ने एकता संयोजन समितिको बैठकले बनाउने छ ।

भेटबारे जानकारी दिँदै माओवादी अध्यक्ष प्रचण्डले भने- ‘पर्सि (मंगलबार) पार्टी एकता संयोजन समितिको बैठक बस्ने र समितिबाट पार्टी एकता प्रक्रियालाई टुंगोमा पुर्‍याउनका लागि वैचारिक राजनीतिक काम र सांगठानिक काम गर्न एउटा टीम बनाएर जिम्मा दिने र केही दिनभित्र यो प्रक्रियालाई निश्कर्षमा पुर्‍याउने भन्ने भएको छ ।’

एकता संयोजन समितिको बैठक बस्नुपूर्व सोमबार एमाले र माओवादी केन्द्रले आ-आफ्नो पार्टीको बैठक गर्ने भएका छन् । एकता संयोजन समितिको बैठकको तयारीका लागि सोमबार आ-आफ्नो पार्टीको लेबलमा छलफल गर्ने सहमति भएको प्रचण्डले जानकारी दिए ।

केपी ओलीसँगको भेटमा मुख्यरुपमा पार्टी एकताकै विषयमा छलफल भएको बताउँदै प्रचण्डले भने, ‘हामी जुन प्रक्रियामा अघि बढेका छौं, त्यसलाई निश्कर्षमा पुर्‍याउनैपर्छ ।’

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि दुई दलवीच एकता संयोजन समितिको बैठक बस्न सकिरहेको थिएन । यसवीचमा पार्टी एकतामाथि नै प्रश्न र शंकाहरु उब्जिइरहेका बेला आइतबार ओली र प्रचण्डवीच भेट भएको हो । दुई नेताको भेटले पार्टी एकतामा ‘ब्रेक थ्रु’ गरेको वाम गठबन्धनका नेताको दाबी छ ।

यसवीचमा एमालेले भन्दै आएको ‘बहुदलीय जनवाद’ र माओवादीले भन्दै आएको ‘माओवाद’ का बारेमा के हुने भन्ने बहस पनि चलेको छ ।

त्यसैगरी पार्टी एकतासँगै पार्टीको अध्यक्ष को हुने, केन्द्रीय समितिमा क-कसलाई राख्ने अनि प्रधानमन्त्री, राष्ट्रपति लगायतको पदीय बाँडफाँड कसरी गर्ने भन्ने लगायतका संगठनात्मक प्रश्नहरु पनि समाधान गर्न बाँकी छ ।


यसैवीच प्रचण्ड र केपी ओलीले राष्ट्रिय सभाको निर्वाचनका बारेमा पनि छलफल गरेका छन् । बालकोटबाट बाहिरिने क्रममा प्रचण्डले भने-‘राष्ट्रियसभा निर्वाचनका बारेमा अनि प्रदेशसभा निर्वाचनका बारेमा पनि छलफल भयो ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...