देशभर चिसोले जनजीवन कष्टकर बन्दै, सप्तरीमा थप ३ को मृत्यु

Chiso badhyo

काठमाडौं । केही सातादेखि देशभर चिसो बढेको छ । चिसो बढेसँगै जनजीवन पनि धेरै प्रभावित बनेको छ ।

चिसो बढेसँगै तराईमा लगातारको बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ । हुस्से लाग्दा हवाई उडानसमेत प्रभावित बनेको छ । चिसोकै कारण विरामीको संख्या बढ्न थालको छ ।

काठमाडौंमा पनि चिसो अत्याधिक बढेको छ । न्यूनतम तापक्रम घटेका कारण काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम विगत तीन दिनदेखि एक डिग्रीमा झरेको छ । शनिवार उपत्यकामा न्यूनतम तापक्रम एक दशमलव छ डिग्रीसेल्सियस छ ।

घटेर स्थिर रहेको तापक्रमकै कारण उपत्यकाको जनजीवनसमेत प्रभावित बनेको छ । मौसमी प्रणालीकै कारण न्यूनतम तापक्रम घटेकाले देशभर चिसो बढेको मौसमविद् राजु प्रधानाङ्गले बताए । उनले अझै न्यूनतम तापक्रम घट्ने हुँदा चिसो बढ्ने सम्भावना रहेकबो बताए ।

सप्तरीमा थप ३ को मृत्यु
सप्तरीमा जाडोका कारण थप ३ जनाको मृत्यु भएको छ । योसँगै सप्तरीमा जाडोका कारण कठ्याग्रिंएर मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

मृत्यु हुनेमा अग्नीसाईर कृष्णासवरण गाउँपालिका ४ का ६० वर्षीय लखन ठाकुर, तिलाठी कोईलाडी गाउँपालिका २ का ५५ वर्षीय सुजन ठाकुर र ७ का ३५ वर्षीय शिबु मण्डल छन् ।

लखन र सुजनको शनिबार मृत्यु भएको हो भने शिबुको शुक्रबार राति जाडोका कारण कठ्याग्रिंएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अति विपन्न परिवार न्यानो कपडाको अभावमा ज्यान गुमाउन बाध्य भएका छन् । स्थानीय प्रशासनले चिसोबाट प्रभावित नागरिकलाई कुनै राहतको प्रबन्ध नगरेको भन्दै स्थानीय बासिन्दा गुनासो गरिरहेका छन् ।

यता, सिरहामा शीतलहर र चिसोका कारण जनजीवन कष्टकर बनेको छ । बाक्लो हुस्सु र चिसो हावाका कारण रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी निकै बढेका छन् ।

लहानस्थित जिल्ला अस्पताल, लहान अस्पताल तथा ग्रामीण भेगका सरकारी स्वास्थ्य संस्थाहरूमा बिरामीको चाप निक्कै बढेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

पछिल्लो एक सातायता चिसो झनै बढेपछि सदरमुकाम र जिल्लाका अन्य बजार क्षेत्रमा चहलपहल र आवागमन निक्कै पातलिएको छ भने सरकारी कार्यालयमा सेवाग्राहीको संख्या ह्वातै घटेको छ ।
विद्यालयमा दिइयो विदा
अत्याधिक चिसो र शीतलहर बढेपछि सिरहाका सामुदायिक विद्यालयमा दुई दिन बिदा दिइएको छ । जिल्ला शिक्षा कार्यालयले अत्याधिक चिसोका कारण बालबालिका बढी प्रभावित भएको भन्दै दुई दिन सामुदायिक विद्यालयमा बिदा दिएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...