एमाले सचिव ज्ञवाली भन्छन्, ८.९ रेक्टरको भुकम्पले पनि वाम एकता रोकिँदैन

Pradip gyawali

पोखरा । नयाँ सरकार गठनमा भइरहेको ढिलाईले वाम एकता नहुने हने कि भन्ने आशंका जन्मिएरहेका बेला एमालेका एक प्रभावशाली नेताले कुनै पनि हालतमा वाम एकता नरोकनिे दावी गरेका छन् । 

‘अब वाम एकता रोक्न ८.९ रेक्टर स्केलको भूकम्प आए पनि सम्भव छैन’ नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले भने, ‘पार्टी एकता तोड्न लागेका देशी विदेशी चलखेल र अवरोध छिचोल्दै फागुनसम्म पार्टी एकता हुन्छ ।’

प्रेस चौतारी र प्रेस सेन्टर कास्कीले शनिबार गरेको पोखरामा गरेको पत्रकार सम्मेलनमा सचिव ज्ञवालीले आफ्नो पोजिसनलाई ध्यानमा राखेर सार्वजनिक रुपमा नबोल्न दोश्रो तहका नेताहरुलाई आग्रह गरे । उनले पार्टीका नेताहरुको सक्रियता, क्षमता, दक्षतालाई सम्मान दिएरै पार्टीमा जिम्मेवारी दिने बताए ।

‘अहिलेको आवश्यक्ता भनेको नेता ब्यबस्थापन र पार्टीको पोजिसन हैन, भद्रगोल देशको ब्यबस्थापन हो । त्यसैले दुई पार्टी एकता हुनैपर्छ र हुन्छ पनि’ उनले भने ‘दुबै पार्टी अध्यक्षले एकताको खाका बनाएपछि एकता संयोजन समितिको बैठक बसेर अन्तिम आकार दिने र पार्टी बैठकले अनुमोदन गर्नेछ ।’

नेता ज्ञवालीले देउवा नेतृत्वको सरकार संघीयताप्रति ईमान्दार रहेको आरोपसमेत लगाए । प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्न नसकेको उनको आरोप छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...