मन्त्रीको सुरक्षार्थ खटिएका सेनाले गरे मन्दिर सफाई

Sena 20

काठमाडौं । विहान ८ बजेको थियो । काठमाडौंको मालीगाउँबाट एक हुल सेना हातमा कुचो बोकेर बाहिर निस्किए ।

त्यो हुल गणेश मन्दिर प्रवेश ग¥यो । झण्डै १ घण्टासम्म मन्दिरमै थियो त्यो हुल । उनीहरु के गर्दैछन् भन्ने कसैले भेउ नै पाएनन् । जब मन्दिरबाट बाहिर निस्कियो, त्यसबेला मात्र स्थानीयले थाहा पाए ।

गणेश मन्दिर सफा गरेपछि उनीहरु टानको अफिससँगै रहेको मन्दिरतर्फ लागे । त्यतिबेला चाँही बल्ल स्थानीयले सेनाको सानो हुलले के गर्दैछ भनेर चासो देखाएका थिए ।

त्यो हुल थियो नेपाली सेनाको श्री राजदल गणबाट उद्योगमन्त्री सुनीलबहादुर थापाको सुरक्षार्थ खटिएको सुरक्षा दल ।

नेपाली सेनाका जमदार हरिशरण बुडाथोकीको नेतृत्वको सेनाको टोली मन्त्री थापाको मालीगाउँस्थित निवासमा खटिएको छ । सो टोलीले शुक्रबार फुर्सदको समय निकालेर मालीगाउँमा रहेको दुई वटा गणेशको मन्दिर सफाई गरेको थियो ।

सो टोलीमा थिए जमदार बुथोकीसहित सुवास तामाङ, उप्रेसन साह, विनोद बुडाथोकी, कमल कार्की, राजकुमार घिमिरे, शुभराज लामा, रोशन सुवेदी, प्रदीप खड्का, भुवना राई र विष्णु खड्का । उनीहरुले बेलाबेला फुर्सदको समय मिलाएर यसरी नै स्थानीय मन्दिर सफाई गर्दै आएको छन् ।

‘हामीले मन्त्री ज्यूको कतै सवारी नभएको बेला फर्सद निकाले मन्दिर सफाईमा लागेका हौं’ मन्त्रीको सुरक्षार्थ खटिएका जमदार बुडाथोकीले भने, ‘फुर्सदको समयमा धार्मिक मठमन्दिर सफाई गर्नु आफ्नो कर्तव्य ठानेका छौं ।’

पूर्वप्रधाामन्त्री स्वं सूर्यबहादुर थापामा पुत्र सुनीलबहादुर थापा वर्तमान सरकारका उद्योग मन्त्री हुन् । उनी अघिल्लोपटक बाणिज्य तथा आपूर्ती मन्त्री हुँदा पनि सरकारी निवासमा नबसी नीजि निवासमै बसेका थिए ।

त्यही भएर नेपाली सेनाको टोली पनि मन्त्री थापाको सुरक्षार्थ निजी निवासमै खटिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...