कार्यालयको गेटमा नागरिक वडापत्र, सेवाबारे बुझ्न चाँही भित्र

Nagarik badapatra

अछाम । सरकारी तथा अर्ध सरकारी निकायहरुले नागरिकलाई आफ्नो कार्यलयको जानकारी दिन नागरिक वडापत्र राख्ने गर्छ ।

सजिलो भाषामा भन्ने हो भने नागरिक वडा पत्रलाई नागरिकको पहिलो सुचना भन्ने पनि गरिन्छ । तर, यहाँको एक सरकारी कार्यालयले भने नागरिक वडा पत्रलाई नदेख्ने बनाउन थालेको छ ।

अछाम जिल्लाको मंगलसैन नगरपालिकाको कार्यालयको गेटमै नागरिक बडापत्र त राखिएको छ । सुन्दा गेटैमा छ नागरिक वडापत्र । तर, आम नागरिकले सजिलै वडा पत्र कहाँ छ भनेर देख्न सक्दैनन् ।

पहिलो कुरा त नागरिक वडापत्रको सही रुपमा सदुपयोग गरेको पनि पाइएको छैन । यस्तो हुनुको एउटै मात्र कारण भनेको सेवाग्र्राहीलाई सजिलो होस भनेर राखिएको वडापत्रलाई छोपिने गरी फुलवारी बगैचा बनाउनु ।

बडापत्रको वरिपरी फुलहरु रोपिएका कारण कसैले पनि यहाँ वडापत्र राखिएको छ भन्ने भेउ पाउँदैनन् । जान्ने बुझ्नेले मात्र कहाँ छ वडापत्र भनेर प्रश्न गर्ने गरेका छन् । अन्यले वडापत्र कहाँ छ भनेर चासो पनि राखेका छैनन् ।

सार्वजनिक सेवालाई सरल, सहज, पारदर्शी र जिम्मेवार बनाउने, सार्वजनिक प्रवाहमा संलग्न जनशक्तिलाई आफ्नो जिम्मेवारीप्रति सजग बनाउने सेवा लगायतका बिषयहरु पनि हरेक कार्यालयको नागरिक बडापत्रमा उल्लेख गरेको हुन्छ ।

हरेक निकायमा नागरिक वडापत्र लागू भए पनि वडापत्रलाई सही ठाउँमा राख्न नसक्दा आम नागरिकले त्यसको सदुपयोग गर्न सकेका छैनन् । वडापत्रको सदुपयोग नहुँदा अधिकांस सेवाग्राहीले कार्यालयका कर्मचारीको गुहार माग्नुपर्ने बाध्यता छ ।

के हुन्छ वडापत्रमा ?
आम नागरिकले सजिलो र बुझ्न सरकारी स्तरबाटै नागरिक बडापत्र टाँसिएको हुन्छ । वडालगायत हरेक सरकारी कार्यालयहरुमा सर्वसाधारण नागरिक तथा उपभोक्ताहरुले सामान्य हिसाबले बुझ्न सक्ने गरी बाहिर ठूला–ठूला अक्षरमा लेखिएको ठूलो बोर्ड टाँसिएको हुन्छ ।

वडापत्र आम नागरिकले सुचना पाउने पहिलो थलो हो । वडापत्रमा सम्बन्धित कार्यालयले गर्ने काम र त्यसको अवधीसमेत तोकिएको हुन्छ ।

बडापत्रमा कुन काम गर्दा कति पैसा लाग्छ ? कुन कामका लागि कसलाई भेट्ने र समय कति लाग्छ भनेर पनि लेखिएको हुन्छ । सम्बन्धित कार्यालयबाट प्रदान गरिने सेवासुविधा प्राप्त गर्न के गर्नुपर्छ भनेर स्पष्ट रुपमा लेखिएको हुन्छ । सरकारी कार्यालयमा नागरिक बडापत्र अनिवार्य रुपमा राख्नुपर्ने हुन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...