अवरुद्ध सडक खुलाउने क्रममा काभ्रेमा प्रहरी र स्थानीयबीच झडप

Kavre patlekhet jhadap

धुलिखेल । स्थानीयबासीले अवरुद्ध गरेकाे सडक खुलाउने क्रममा काभ्रेमा प्रहरी र स्थानीयबीच झडप भएको छ । वीपी राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल नगरपालिका पात्लेखेतमा स्थानीयबासीले अवरुद्ध पारेको सडक प्रहरीले बल प्रयोग गरेर खुलाएको छ ।

प्रहरीले सडक खुलाउन प्रहरीलाई ६ सेल अश्रुग्यास प्रयोग गर्नुपरेको थियो । बा ३ ख ५९५५ नम्बरको बसबाट खसेर नमोबुद्ध नगरपालिका १ की फुलमाया तामाङको आइतबार मृत्यु भएपछि उनका आफन्त र स्थानीयबासीले मंगलबार विहानदेखि सडक अवरुद्ध पारेका थिए । 

स्थिति नियन्त्रणमा लिन ६ सेल अश्रुग्यास प्रयोग गर्नु परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख सहकुलबहादुर थापाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...