राष्ट्रिय महिला फुटबल : आर्मी विजयी

Apf

काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मी क्लबले पश्चिमाञ्चल क्षेत्रीय टोलीलाई पराजित गर्दै राखेप राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय महिला फुटबल लिग प्रतियोगितामा पहिलो जित हासिल गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा आर्मीले पश्चिमाञ्चललाई १२–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो ।

५ विकास क्षेत्र तथा तीन विभागीय टोलीले भाग लिएको उक्त प्रतियोगितामा विजेता टोलीले २ लाख तथा उपविजेताले १ लाख ५० हजार पुरस्कार पाउने छन् ।

प्रतिकृया दिनुहोस