गायनमा उदाइन् गीता

Gita gahatraj

काठमाडौं । धनकुटाकी गीता गहतराज नेपाली गायन क्षेत्रमा उदाएकी छन् ।

उनले आफ्नो स्वरमा तयार भएको ‘फुल जस्तै फुल्ने मन थियो’ बोलको आधुनिक गीतमार्फत गायन यात्राको सुखद थालनी गरेकी हुन् ।

उनले आफ्नो गायन यात्रालाई बलियो बनाउन त्यसको म्युजिक भिडियोसमेत बनाउकी छन् । उनको सो गीतको म्युजिक भिडियो केही दिन अघि मात्र युट्युवमा सार्वजनिक भएको छ ।

गीता गहतराजको स्वर रहेको ‘फुल जस्तै’मा धु्रव विश्वको संगीत छ भने शब्द रविना मगर्नीको छ । यो गीतको म्युजिक भिडियोलाई रागभ आचार्यले निर्देशन गरेका छन् ।

जनकराज अधिकारीको छायांकन रहेको ‘फुल जस्तै’ मा सिर्जना क्षेत्री र पदम गहतराजले अभिनय गरेका छन् । सो गीतलाई देश परदेश म्युजिकले बजारमा ल्याएको हो ।

प्रतिकृया दिनुहोस