भीमदत्तनगरमा तेक्वान्दो प्रतियोगिता शुरु

Tekwando

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरमा आजदेखि प्रदेश नं ७ को प्रदेशस्तरीय तेक्वान्दो छनोट प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगितामा कञ्चनपुर, कैलाली, डोटी, डडेल्धुरा र दार्चुलाका ६० महिला तथा पुरुष खेलाडीको सहभागिता रहेको छ । जिल्ला तेक्वान्दो संघ कञ्चनपुरको आयोजनामा भएको उक्त प्रतियोगिताको उद्घाटन भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले गरेको हो ।

प्रतियोगिताबाट छनोट भएका खेलाडीले भैरहवामा हुने राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिप राष्ट्रिय प्रतियोगितामा भाग लिने तेक्वान्दो प्रशिक्षक एवं प्रतियोगिताका प्रदेश संयोजक मोहनप्रताप गुरुङले जानकारी दिए ।

भीमदत्त नगरपालिकाका प्रमुख विष्टले खेलकुदको विकासका लागि नगरपालिका सदैव तयार रहेको बताए । ‘खेलकुद संरचना निर्माण गरी खेल गतिविधि अगाडी बढाउने योजना बनाएका छौँ,’ उनले भने ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...