टिकाराम पार्की मानव मर्यादा पुरस्कारबाट पहाडी सम्मानित

Binod pahadi samman

काठमाडौं । नेपाली दलित आन्दोलनमा लामो समयदेखि लागेका विनोद पहाडीलाई टिकाराम पार्की मानव मर्यादा पुरस्कारबाट सम्मान गरिएको छ ।

काठमाडौंमा बुधबार सुरु भएको ११ औं दलित संसदको उद्घाटन कार्यक्रममा दलित आन्दोलनकर्मी पहाडीलाई सो पुरस्कारबाट सम्मानित गरिएको हो ।

५ हजार १ सय ८२ रुपैया राशीको सो पुरस्कार पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधवकुमार नेपालले हस्तान्तरण गरे । पहाडी लामो समयदेखि दलित आन्दोलनका साथै वादी आन्दोलनमा सक्रिय थिए । उनी लामो समयदेखि पत्रकारितामा समेत क्रियाशील रहँदै आएका छन् ।

मानव अधिकारकर्मी तथा हलिया अधिकारकर्मी पार्कीको नाममा स्थापना गरिएको सो पुरस्कारबाट यसअघि रविन्द्र गहतराज, पुरनसिंह दयाल, बलदेव राम, उमादेवी वादी, अमेरिकी नागरिक किथ लेस्लीलगायत सम्मानित भइसकेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...