अन्तर्राष्ट्रियस्तरको फुटबल रंगशाला बनाउन पुरानो प्यारापिट भत्काउन शुरु

पोखरा । पोखरामा अन्तर्राष्ट्रियस्तरको फुटबल रंगशाला बनाउन आजदेखि पुरानो प्यारापिट भत्काउन शुरु गरिएको छ ।

सन् २०१९ मा नेपालमा आयोजना गर्न लागिएको १३औँ दक्षिण एशियाली खेलकुद साग लाई मध्यनजर गर्दै नयाँ संरचना बनाउनका लागि पुरानो संरचना भत्काउन शुरु गरिएकोे पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए ।

नेपाल सरकारको कूल १ अर्ब ३३ करोडको लागतमा निर्माण गर्न लागिएको सो रंगशाला निर्माण शुरु गरेको १० महिनामै सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

उक्त रंगशाला निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद्ले ग्लोबल टेण्डरसमेत आह्वान गरेकामा अन्तर्राष्ट्रियस्तरका ६ वटा ठेकेदार कम्पनीले निवेदन दिएको बताइएको छ ।

विसं २०४२ मा निर्माण गरिएको हालको संरचना २०७२ वैशाख १२ र २९ गतेको भूकम्पले चर्केको थियो । पुरानो संरचना भत्काउन बोलपत्र आह्वान गरिएकामा काठमाडौँको जेबिए ठेकेदार कम्पनीले ४४ लाखमा ठेक्का लिएको छ ।

अबको एक महिनामा पुरानो संरचना भत्काएर अन्तर्राष्ट्रिय बोलपत्रमा स्वीकृति पाएको कम्पनीले नयाँ निर्माण अघि बढाउनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...