निर्दोष र श्रेष्ठले ल्याए ‘मित्रता’

Album

काठमाडौं । गीतकार माधव निर्दोष र संगीतकार सन्तोष श्रेष्ठको नयाँ गीति एल्वम ‘मित्रता’ बजारमा ल्याएका छन् ।

सो एल्वमको सोमबार मिडिया इन्टरनेसनलमा आयोजित कार्यक्रममा वरिष्ठ संगीतकार एवं संगीत तथा नाट्य प्रतिष्ठानका उपकुलपति शम्भुजित बाँस्कोटाले बिमोचन गरे ।

सो एल्वममा ५ वटा गीत समावेश गरिएको छ । जसमा ‘मुटु विना संसार’ बोलको गीत मनोजराजले गाएका छन् भने ‘आउ नजिकै आउ’ बोलको गीत रीता केसीले गाएकी छन् । त्यसैगरी ‘तिम्रो सधैं जित हुँदा’ सरोज कोइराला, ‘जाउ छाडेर जाउ’ श्रेयसी चेम्जोङ र ‘तिमीसँग छुटेपछि’ बालको गीतमा मन्जु उपसनाको स्वर छ ।

सो एल्वम विमोचनमा उपकुलपति बाँस्कोटा, गीतकार संघका अध्यक्ष चुुणामणी देवकोटा, वरिष्ठ संगीतकार बुलु मुकारुङ, संगीत कला पत्रकार संघका अध्यक्ष सुमन वैरागी लगायतले ‘मित्रता’ भित्रजस्तै गीतले स्रोताहरुका लागि मित्रवत व्यवहार गरेको बताएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...