‘हिरो रिटर्न्स’ आगामी वैशाखमा प्रदर्शनमा आउने

Hero returns

काठमाडौं । ‘हिरो रिटर्न्स’ नयाँ वर्षमा प्रदर्शनमा आउने भएको छ । निर्माण सम्पन्न भएको लामो समयसम्म फिल्म रिलिजको बाटो तय नभएको चर्चा चल्दै गर्दा निर्माण टिमले आगामी वैशाख २८ मा प्रर्दशनको मिति तय गरेको हो ।

यसलाई नेपाल रिलिज पुर्व फिल्मको कतार, अष्ट्रेलिया र लण्डनमा एकैसाथ प्रिमियर हुने भएको छ ।

निर्माता समेत रहेका लिड अभिनेता सविन श्रेष्ठ सहित रेखा थापा, दिल श्रेष्ठ , सरोज खनाल, सुलेमान शंकर इकु, रोशन श्रेष्ठ, डिबी बम्जम, सुशान्त श्रेष्ठ, किरण श्रेष्ठ लगायतको लिड अभिनयमा छ । फिल्मलाई आशिष भेटवालले निर्देशन गरेका हुन् ।

अभिनेता तथा निर्माता सविनले यसअघि नै फिल्मको सम्पुर्ण काम सकिएको भए पनि केही सिन पुनः छायांकन गर्नुपर्दा प्रदर्शनमा ढिलाई भएको बताउँछन् ।

कमेडी एक्सन जनरा भनिएको फिल्ममा शिवम अधिकारीको कथा छ भने मदनकाश्यप घिमिरेको छायांकन रहेको छ । दिपक शर्मा र टंक बुढाथोकीको संगीत समावेश फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन र मित्र गुरुङको सम्पादन रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...