राजदवारमा बम हान्ने गणतन्त्रका जननी टेकेन्द्र गहतराज : जसलाई कसैले सम्झिएन

Tekendra gahatraj

मिलन के राउत/ उर्लाबारी । प्रहरीसँग सानोतिनो घम्साघम्सी हुँदा आफुलाई क्रान्तिकारी देखाउनेहरुको यहाँ कमी छैन । धेरैले त्यस्ता सामान्य परिघटनालाई भजाएरै राजनीतिक खुड्किलो चढिसके । सामान्य योगदानकै भरमा दलका समानुपातिक सूचीमा पर्नेहरुको लर्को नै लागेको छ । तर,गणतन्त्रको जग बसाल्ने मध्येका टेकेन्द्र गहतराज भने गुमनाम जिन्दगी बिताइरहेका छन् ।

उनलाई गणतन्त्रवादी दलहरुले सम्झिन आवश्यक ठानेनन् । न त राज्यले नै उनको योगदानको कदर गर्न आवश्यक ठान्यो । पञ्चायती व्यवस्था, जुन बेला गणतन्त्र शब्द समेत उच्चारण गर्ने सामथ्र्य थिएन । त्यो व्यवस्थालाई हल्लाउने घटनाको श्रेय लिएका टेकेन्द्र मोरङको उर्लाबारीमा सामान्य जीवनयापन गरेर दिन बिताइरहेका छन् ।

०४२ असार ६ गते । काठमाडौं र देशका अन्य ठाउ“मा बम विस्फोटहरू भए । नारायणहिटी राजदरबारको पश्चिम ढोका र दक्षिण ढोकामा शक्तिशाली बम विस्फोटहरू भए । यो घटना भारतमा राजीव गान्धी प्रधानमन्त्री भएको ८ महिनापछि भएको थियो । काठमाडौंमा त्यसबेला रामराजा सिंह काण्डको नामले चर्चित भयो । खासमा सो घटना रामराजाप्रसाद सिहंको योजनामा भएपनि घटना गराउनेमा सिंंह भने संलग्न थिएनन् । १८ वर्षे लक्का जवानका टेकेन्द्र गहतराजले ‘टाइम बम’पड्काएर राजदरबारमाथि धावा बोलेका थिए । जुन घटनाले देशविदेशमा समेत ‘कम्पन’ल्याएको थियो ।

गहतराजकै शब्दमा, दरबारिया ऋषिकुमार पाण्डेको घरमा शुभकार्य तय भएको थियो । सोही कार्यमा राजारानी सहभागी हुने सूचना पाएपछि गहतराज आफै सवारी हाँकेर राजदरबारतर्फ लागे । दरबारको गेटै छेउमा राजारानी आइपुग्ने समयमै वम पड्काउने लक्ष्य सहित उनले टाइम बम सेट गरे । सैनिक र गैरसैनिक उच्च कर्मचारीहरूको छोराछोरीको बिवाहमा राजा वीरेन्द्र र रानी ऐश्वर्य जाने गर्दथे । ऋषिकुमार पाण्डेको छोराको व्रतबन्धमा पनि भिक्षा दिन जाने भएका थिए । ब्रतबन्धको अरू विधि सकिएर भिक्षा दिने समय उनीहरू पनि भिक्षा दिन पुग्नेवाला थिए ।

 

सा“झ साढे ५ बजे राजारानी दरबारको दक्षिण ढोकातर्पm कारगेटमा आइरहेका थिए । अघिपछि सुरक्षाकर्मीको लावालस्कर छदै थियो । लगत्तै नारायणहिटी राजदरबारको पश्चिम गेट र दक्षिण गेटमा शक्तिशाली बम विस्फोटहरू भए । भागदौड मच्चियो । ड्राइभरले ब्रेक लगायो । दुई तीन सेकेन्डको फरकले त्यो कार विस्फोटले उड्नबाट जोगियो । ड्राइभरले गाडी ब्याक गरे,राजारानी फेरि दरबार नै फर्किए ।

राजारानीलाई त शारीरिक रुपमा कुनै असर पुगेन । विष्फोटमा परी डम्बरजंग गुरुङ लगायत दुई जना राष्ट्रिय पञ्चायत सदस्य ठहरै भए । सोही दिन राजपरिवारको नाममा रहेको अन्नपूर्ण होटेलमा विष्फोट हु“दा एक जना महिला कर्मचारी मरेकी थिइन् । नेपालका सबै ठा“उ गरी आठ जना मरेका थिए । पटनाबाट वक्तव्य जारी गर्दै रामराजाप्रसाद सिंह नेतृत्वको नेपाल जनवादी मोर्चाले त्यसको जिम्मेवारी लियो ।

पाँच जनाको अगुवाइ गरी विष्फोट गराउन खटिएका टेकेन्द्र गहतराज आजपनि सो घटनाप्रति गौरवान्वित छन् । राजारानी जस्तो सर्वोच्च व्यक्तिलाई लक्षित गरिएको घटनाप्रति गहतराजलाई कुनै ग्लानि छैन । भन्छन्–‘गणतन्त्रको रगत नशानशामा बहेको थियो । राजतन्त्रको जग भत्काउनका लागि जानीबुझीकनै बम विष्फोट गराएको हुँ । ’ उनी थप्दै गए–‘मैले सो घटनाको अगुवाई नगरेपनि निरकुंश राजतन्त्रको अन्त्य गर्न कोही न कोही अग्रसर हुने नै थिए । संयोगले इतिहासमा त्यो अवसर मलाई जुर्यो । ’

२०२४ सालमा मोरंगको पथरीशनिश्चरे–१० ऐयाबारीमा जन्मिएका टेकेन्द्र एसएलसी सकेर काठ्माडौ हानिएपछि रामराजाप्रसाद सिंह नेतृत्वको नेपाल जनवादी मोर्चामा आबद्ध भएका थिए । काठ्माडौ“को पकनाजोलमा डेरा लिएर बसेका उनी सहितका मोर्चा आबद्ध व्यक्तिहरुले कहा“कहा ‘एक्सन’गर्ने भनेर योजना बुन्ने गर्थे । राजदरबारमा विष्फोट भएको एक वर्षपछि अर्को योजना बनाउदै गर्दा सुन्धाराको निलम लजबाट गहतराज पक्राउ परे । त्यसको केही दिनपछि भटाभट मोर्चाका १४ जना कार्यकर्तालाई पनि प्रहरीले नियन्त्रणमा लियो । प्रहरी कस्टडीमा रह“दा चरम यातना भोगेका टेकेन्द्रको शरिरमा अभैm पनि गहिरो चोटहरु छन् ।

सहज रुपमा हिँडडुल गर्ने टेकेन्द्र उर्लाबारी–३ मा रहेको मंगलबारे अस्पतालकोे एम्बुलेन्सका चालक हुन् । थुनामा रह“दा दिनह“ू यातना व्यहोरे पनि भद्रगोल जेलमा रह“दा भने राहत महशुस गरेको उनको भनाइ छ । भद्रगोल जेलमै ८ वर्ष व्यतीत गरेका गहतराजले केपी शर्मा ओली, मोहनचन्द्र अधिकारी,राधाकृष्ण मैनाली जस्ता दिग्गज वामपन्थी नेताहरुस“ग संगत गर्न भ्याएको अनुभव सुनाए ।

‘एउटै मेसको खाना खान्थ्यौँ ’उनी नोष्टालोजिक भए–‘सुखदुःख शेयर गथ्यौँ। ’ सँगै जेलजीवन भोगेका केपी शर्मा ओली यो बेला मुलुकको सर्वशक्तिमान् व्यक्तिमा गनिन्छन् । जनवादी मोर्चाको अस्तीत्व मेटिसकेकोले होला उनी वामगठबन्धन मै आस्था राख्छन् । वामगठबन्धनका नेता ओलीले आफूलाई मज्जाले चिन्ने उनले दावी गरे । ‘भेट हुने मौका पाएको छैन । ओलीस“ग भेट भए,आफना पीडाहरु व्यक्त गर्छु । ’ उनले यस्तो इच्छा व्यक्त गरे ।
बहुदल स्थापनाको दुई वर्षपछि मात्र २०४८ सालमा उनी जेलमुक्त भए । जेलमुक्त भएलगत्तै तत्कालीन सरकारले राजनीतिक पीडितका रुपमा उनलाई ७५ हजार नगद पनि उपलब्ध गरायो । उनका अनुसार ऊ बेला पद र प्रतिष्ठाको पछि लागिएन । गिरिजाप्रसाद कोइरालाले पनि आप्mनो पार्टीमा आउन अफर गर्नुभएकै हो । तर,‘मिसन गणतन्त्र’भन्दै उर्जाशिल समय खेर फालियो । अहिले कसैले सोधिखोजी गर्दैनन् । एम्बुलेन्स चलाएर गुजारा गर्नुको विकल्प भएन । ’
श्रीमतीका साथ मोरंगको उर्लाबारी–४मा बसोबास गर्दै आएका टेकेन्द्र गहतराजका तीन छोरा र एक छोरी रहेका छन् ।

जनताटाइमबाट

प्रतिकृया दिनुहोस