हास्य टेलिश्रृंखला भद्रगोलका कलाकार सितेबाको अंगालोमा बले र कक्रोजको गर्लफ्रेण्ड

Bale cockroach

काठमाडौँ । हास्य टेलिश्रृंखला भद्रगोलका कलाकार सागर लम्साल (बले) र हरिश निरौला (कक्रोज) को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । लामो समयपछि उनीहरु गायक किरण भुजेलको गीतमा मोडलको रुपमा देखिएका छन् ।

संगीतका विद्यार्थी किरणको बरीलै बोलको गीतले पनि यसअघि गतिलै चर्चा पाएको थियो । पल शाह र जुना सुन्दास अभिनित उक्त भिडियोको लोकप्रियताले हौसीएका किरणले यसपाली हास्यकलाकारलाई मोडलको रुपमा लिएका हुन् ।

हास्य कलाकारको गतिलो छवि बनाएका उनीहरु म्युजिक भिडियोमा रक्षा श्रेष्ठ र जुना सुन्दाससँग देखिएका हुन् । ‘माया मै सँग लाइदेउन’ बोलको रोमान्टिक गीतमा बले र रक्षा एवं कक्रोज र जुनाले रोमान्स गरेका छन् ।

भिडियोमा बले र कक्रोजको प्रेमिका बनेका रक्षा र जुना, मधुसुदन पाठक (सितेबा) को अंगालोमा देखिएका छन् । निकै मिठो बनेको गीतमा किरण भुजेल र मेलिना राईको स्वर रहेको छ । डि.पी खनालको शब्द रहेको गीतमा शंकर थापा (स्माइल)को संगीत छ ।

उदयराज पौडेलको एरेन्जमा तयार भएको गीतको भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन् जसमा सुरेन बसेलको कोरियोग्राफि छ । बसेल विगत एक दशक देखि कोरियोग्राफी गर्दै आएका छन् । उनले समेत यो भिडियो आशालाग्दो कामको रुपमा हेरेका छन् । भिडियो निशान घिमिरेले सम्पादन गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...