खेलकुद क्षेत्रलाई विशेष प्राथमिकतामा राख्न अध्यक्ष दाहाललाई आग्रह

अध्यक्ष दाहाल नेतृत्वको पूर्ववर्ती सरकारले भलिबललाई नेपालको राष्ट्रिय खेलका रुपमा राखेर इतिहास कायम गरेको सन्दर्भ जोड्दै खेलकुद क्षेत्रका संघ संगठनले आगामी दिनमा खेलकुदलाई प्रभावकारीरुपमा कार्ययोजना बनाएर लागू गर्न आग्रह गरेको हो ।
अध्यक्ष दाहालको निवास लाजिम्पाट पुगेको राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी, नेकपा (एमाले) निकटको नेपाल खेलकुद महासंघ र माओवादी केन्द्र निकटको अखिल नेपाल खेलकुद महासंघका प्रतिनिधिले राष्ट्रिय पहिचान अभिवृद्धि गर्ने खेलकुदमा लगानी बढाउन र विशेष प्राथमिकता राखेर कार्ययोजना बनाउन ध्यानाकर्षण गराएका थिए ।
वाम गठबन्धनको सरकार निर्माण भएपछि मुलुकको खेलकुद क्षेत्रमा स्वर्णकाल आउने आशामा उनीहरुले विगतमा भएका सकारात्मक काम कारबाहीलाई संस्थागत गर्दै आगामी दिनमा थप प्रभावकारी कार्ययोजना ल्याउन अध्यक्ष दाहालसँग अनुरोध गरेको अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष शिव कोइरालाले जानकारी दिए ।
उनीहरुले आगामी दिनमा अझ गुणात्मक फड्को मार्ने लक्ष्य राख्न र राष्ट्रिय पहिचानको अभिवृद्धिका लागिसमेत सो क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिएका थिए ।
युवालाई सकारात्मक सोचका साथ राष्ट्र निर्माणमा लगाउने माध्यम भनेकै खेलकुद भएकाले सरकार र सरकारी निकायले अरु क्षेत्रलाई भन्दा बढी ध्यान दिनुपर्ने उनीहरुको सुझाव थियो ।
एमाले र माओवादी केन्द्रबीचको पार्टी एकतालाई सार्थक निष्कर्षमा पु¥याउन खेलकुद क्षेत्रबाट सकारात्मक पहल हुने भन्दै उनीहरुले त्यसको शुरुवात्समेत यही क्षेत्रबाट हुन लागेको अध्यक्ष दाहाललाई जानकारी गराएका थिए ।
पूर्व उपप्रधानमन्त्री एवं अखिल नेपाल खेलकुद महासंघका इन्चार्ज टोपबहादुर रायमाझीले नेपालको नाम विश्वमा फैलाउन सक्ने सहज माध्यम नै खेलकुद भएकाले यसलाई सरकारले विशेष सम्बोधन गर्नुपर्ने बताए ।
उनले विगतमा वाम नेतृत्वको सरकारले अगाडि बढाएका सकारात्मक कामलाई विस्तार गर्न र नयाँ कार्ययोजनाका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए ।
पूर्व युवा तथा खेलकुद मन्त्री एवं नेपाल खेलकुद महासंघका अध्यक्ष पुरुषोत्तम पौडेलले खेलकुद क्षेत्रमा रुची राख्ने एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाल आफूहरुले साथमा पाएकाले यस क्षेत्रको विकासमा प्रभावकारी काम हुने विश्वास व्यक्त गरे ।
खेलकुद क्षेत्रसँग आबद्ध विभिन्न संघ संगठनको ध्यानाकर्षण सुनेपछि अध्यक्ष दाहालले खेलकुदको विकास र विस्तारका लागि अब बन्ने सरकारले विशेष कार्ययोजनाका साथ काम गर्ने विश्वास दिलाए ।
उनले भने, “विगतमा खेलकुदका क्षेत्रमा राम्रा कामको शुरुवात् भएको, खेलाडीलाई राज्यका तर्फबाट सम्मान गर्ने संस्कृतिको विकास भएको छ । त्यसलाई आगामी दिनमा अझै विस्तार गर्दै लगिनेछ ।”
खेलकुदको विकासमा वामपन्थीको सरकार बन्दा ध्यान दिए जस्तो र काम पनि भए जस्तो देखिए पनि नौ–नौ महिनामा सरकार परिवर्तन हुँदा त्यसले प्राथमिकता पाउन नसकेको भन्दै अध्यक्ष दाहालले आगामी दिनमा यस क्षेत्रमा स्वर्णकाल शुरु हुने बताए ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि वाम गठबन्धन दुई तिहाइ बहुमत नजिक पुगेको र आउने दिनमा सरकारले व्यवस्थितरुपमा लगानी बढाउने उनले विश्वास दिलाए ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप लिग २ मा चुक्यो नेपाल, स्कटल्याण्डसँग २ रनले पराजित
काठमाडौं । सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले शतकीय साझेदारी गरे पनि नेपालले विश्वकप क्रिकेट लिग–२...
सहिद रामकृष्ण श्रेष्ठ महिला फुटबल प्रतियोगिताको उपाधी चौविसे गाउँपालिकालाई
धनकुटा । पाँचौ संस्करणको सहिद रामकृष्ण श्रेष्ठ धनकुटा जिल्ला महिला फुटबल प्रतियोगिताको उपाधी चौवि...
धनकुटामा धनकुटा रन सम्पन्न, खुल्लातर्फ ५ हजार मिटर दौडमा पाँचथरका ओसन राई विजयी
धनकुटा । अब दौडिन्छ धनकुटा भन्ने नाराका साथ धनकुटामा धनकुटा रनको आयोजना गरिएको छ । धनकुटाको तल्ल...
हङकङ यू -१९ माथि नेपालको सानदार जित, शनिबार निर्णायक खेल अफगानिस्तानसँग खेलने
काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकालेको छ । नेपालको यो लग...
६४ पदक हात पार्दै धनकुटाको महालक्ष्मीले दोस्रो पटक जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकामा १५ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन...
एपीएफलाई हराउँदै गाइघाट पुग्यो भीमनारायण गोल्डकपको फाइनल, उपाधीका लागि नमोबुद्धसँग भिड्ने
धनकुटा । उदयपुरको गाइघाट फुटबल क्लब धनकुटामा जारी १७ औं संस्करणको सहिद भीमनारायण गोल्डकपको उपाधि ...
माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...
प्रतिकृया दिनुहोस