इन्जुरी समयमा माराटोले गोल गर्दा चेल्सी विजयी

477c6dec00000578 5199827 image a 63 1513807035735

पुस । चेल्सी लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा चेल्सीले बोर्नमाउथलाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

१३ औं मिनेटमा विलियनको गोलबाट चेल्सीले अग्रता लिएको थियो । तर ९० औं मिनेटमा डन गोस्लिङले बोर्नमाउथका लागि बराबरी गोल फर्काए । तर इन्जुरी समयको पहिलो मिनेटमा अल्भारो मोराटोले गोल गर्दै चेल्सीलाई जित दिलाए ।

यहि सिजन रियल मड्रिडबाट आएका मोराटाले चेल्सीका लागि अहिलेसम्म ११ गोल गरिसकेका छन् । चेल्सीले अब सेमिफाइनलमा आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...