गल्स सिंगल्समा प्रेरणा फाइनलमा

Sposrt ktm 5

काठमाडौं । प्रेरणा कोइराला १५ औं जयकर स्मृति राष्ट्रिय जुनियर लनटेनिस प्रतियोगिताको यु–१८ गल्स सिंगल्समा बुधबार फाइनलमा प्रवेश गरेकी छन् ।

पहिलो सेमिफाइनलमा प्रेरणाले विजिशा श्रेष्ठलाई ६–२ र ७–६ को सोझो सेटमा पराजित गरिन् । फाइनलमा प्रेरणा कोइरालाको भेट जुम्ल्याहा दिदी–बहिनी मायांका र माहिका राणाबीचको विजेतासँग हुनेछ ।
मायांका र माहिकाबीचको दोस्रो सेमिफाइनल १–१ सेटको बराबरीमा सकिएको छ । खराब प्रकाशका कारण स्थगित गरिएको छ । सकिएकै अवस्थाबाट बिहीबार उक्त खेल खेलाइनेछ ।
यु–१८ ब्वाइज सिंगल्समा निन्वाम राई र सम्यकभूषण वज्राचार्य सेमिफाइनलमा पुगे । निन्वामले श्रृयश अग्रवाललाई ६–४ र ७–५ तथा सम्यकले आकाश मानन्धरलाई ६–० र ६–० को सीधा सेटमा हराए ।

यु–१४ ब्वाइज सिंगल्समा आदित सुवेदीले कुवेहाङ राईलाई ६–३ र ६–०, आर्यन गिरीले निश्चल अधिकारीलाई ६–३ र ६–१ तथा निशान श्रेष्ठले आदित अग्रवाललाई ६–० र ६–१ को सोझो सेटमा पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । सरोज तामाङ पनि आदित सुवेदीबाट वाक ओभर पाउदै सेमिफाइनलमा पुग्न सफल भए ।

यु–१४ गल्स सिंगल्समा अभिलाषा विष्टले रायना शाहलाई ४–६, ६–१ र ६–१ तथा इशाश्री शाहले सर्भानी श्रेष्ठलाई ६–२, ३–६ र ६–३ को सेटमा पन्छ्याउदै उपाधि भिडन्त पक्का गरे ।

यु–१० गल्स सिंगल्समा इभा अधिकारीले प्रशंसा मोक्तानलाई ६–२ र ६–१ तथा सुनिरा थापाले उत्सा लामालाई ६–३ र ६–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाए । सोही स्पर्धाको ब्वाइजमा आरभसम्राट हाडा, राजवीर प्रधान, सक्षमविक्रम शाह र प्रणव मानन्धरले आ–आफ्नो प्रतिद्वन्द्वीलाई हराउदै सेमिफाइनलमा स्थान पक्का गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...