पिएफए अत्तरिया फारवेष्ट पशुपति कपको फाईनलमा

Sports kailali

धनगढी । पिएफए अत्तरिया ग्यालेक्सी पव्लिक स्कुल फारवेष्ट पशुपति कपको फाईनल पुगेको छ ।

धनगढी रंगशालमा भइरहेको तेस्रो संस्करणको ग्यालेक्सी पब्लिक स्कुल फारवेष्ट पशुपति कप फुटवल प्रतियोगिताको बुधबार भएको पहिलो सेमिफाइनलमा सुदूरपश्चिम ११ स्पोर्टस क्लवलाई हराउँदै उपाधि नजिक पुगेको हो ।

धनगढी रंगशालामा भएको पहिलो सेमिफाईनलमा बलियो प्रतिद्धन्द्धी सुुदूरपश्चिम ११ स्पोर्टस क्लवलाई १–० ले किनारा लगाउँदै उपाधि नजिक पुगेको हो । निकै प्रतिस्पर्धात्मक खेलको एक मात्रै निर्णायक गोल मणिराम चौधरीले गरे ।

पहिलो हाफ बराबरीमा सकिएको अवस्थामा दोस्रो हाफको २६ औं मिनेटमा डिवक्सभित्र पाएको बललाई सदुपयोग गर्दै मणिरामले गरेको प्रहारमा वारमा लागेर गोलमा परिणत भएको हो ।

सुदुरपश्चिम ११ स्पोर्टस क्लवले दोस्रो हाफमा पाएका धेरै मौकाहरु चुकाएको हो । दोस्रो हाफको अन्त्यतिर वान भर्सेस वान, डिवक्स नजिकैका प्रहारलाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबका खेलाडीहरुले सदुपयोग गर्न सकेनन् । खेलमा उत्कृष्ट प्रदर्शन गरेका पिएफए अत्तरियाका विश्व अधिकारी म्यान अफ द म्याच भए ।

मंसिर २८ देखि सुरु भएको प्रतियोगिताको दोस्रो सेमिफाईनलमा बिहीबार आयोजक फारवेष्ट पशुपति युवा क्लव र न्यु वुद्ध युवा क्लव फुलवारी प्रतिस्पर्धा गर्नेछन् ।

५ लाख नगद पुरस्कार राशी रहेको फारवेष्ट पशुपति कपको विजेताले नगद ३ लाख र उपविजेताले नगद १ लाख ५० हजार प्राप्त गर्ने आयोजक फारवेष्ट पशुपति युवा क्लवका अध्यक्ष खेलम रावतले बताए ।

प्रतियोगिताको फाईनल पुस ८ गते शनिवार धनगढी रंगशालामा हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...