म्यानचेस्टर सिटी सेमिफाइनलमा

477783c800000578 5196177 image a 151 1513723050566

पुस । यो सिजन घरेलु प्रतियोगितामा अपराजित रहेको म्यानचेस्टर सिटी लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । लेस्टर सिटीलाई टाइब्रेकरमा हराउँदै म्यानचेस्टर सिटीले अन्तिम ४ मा स्थान बनाएको हो ।

मंगलबार राति अवे मैदानमा भएको खेलमा निर्धारित तथा थप गरिएको समयमा १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । २६ औं मिनेटमा बेर्नार्डो सिल्भाको गोलबाट पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले सुरुवाति अग्रता लिएको थियो । तर इन्जुरी समयको सातौं मिनेटमा जेमी भर्डीले लेस्टर सिटीका लागि बराबरी गोल गरे ।

अतिरिक्त समयमा दुई तर्फबाट थप गोल हुन सकेन । त्यसपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । जसमा म्यानचेस्टर सिटी ४–३ ले विजयी भयो । टाइब्रेकरमा म्यानचेस्टर सिटीका गोलरक्षक क्लाउडिओ ब्राभोले दुईवटा सुन्दर बचाउ गरे । उनले लेस्टरका रियाद महरेजको पेनाल्टी प्रहार रोके । जितपछि म्यानचेस्टर सिटीका प्रशिक्षक गार्डिवलाले आफू निकै खुशी भएको बताएका छन् । प्रिमियर लिगको लिडर म्यानचेस्टर सिटीले लिग कपसहित च्याम्पियन्स लिग र एफए कपमा पनि राम्रो गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...