भारतमा कण्डमको विज्ञापनमा रोक

कण्डमको विज्ञापन रोक्दा किन सनक्क परिन् सावन्त ?

Rakhi sawant

काठमाडौं । भारतको सूचना एवं प्रसारण मन्त्रालयले दिनभर कण्डमको विज्ञापन प्रशारणमा रोक लगाउने बताएपछि भारतमा हंगामा मच्चिएको छ ।

दिउँसो टीभीमा कन्डमको विज्ञापन प्रसारण गर्न रोक लगाउने गाइडलाइन सार्वजनिक गरिएपछि राखी सावन्त सबैभन्दा बढी रिसाएकी छन् । उनी किन रिसाइन् भन्ने धेरैलाई थाहा नहुन सक्छ । उनी त्यसरी धेरै रिसाउनुको एउटै मात्र कारण भनेको राखी छिट्टै एक कन्डमको विज्ञापनमा देखिँदै थिइन् ।

राखीका फ्यान उलाई नयाँ कन्डमको विज्ञापनमा हेर्न उत्सुक थिए । तर अब बिहान ६ देखि राती १० बजेसम्म यस्ता विज्ञापन प्रसारणमा रोक लाग्ने भएको छ । योसँगै राखीलाई तनाव बढेको छ ।

राखीभन्दा पहिले सन्नी लियोन, बिपाशा वसु, करण सिंह ग्रोवर र रणवीर सिंहजस्ता कलाकार कन्डमको विज्ञापनमा देखिँदै आएका थिए ।

‘समाजमा यौन सुुरक्षा र अनपेक्षित गर्भ रोक्न धेरैभन्दा धेरै कन्डमको विज्ञापन देखाउनुपर्छ’ उनले भनिन्, ‘यसबाट सर्वसाधारणलाई यसको प्रयोग र उपयोगिताबारे जानकारी हुन्छ । एड्सको संक्रमणबाट बच्न सकिन्छ । म समाजको भलाइका लागि कन्डमको विज्ञापनमा काम गर्दैछु ।’

भारतमा कन्डमको विज्ञापन रोक लगाउँदा एड्सको खतरा बढ्नेमा उनको चिन्ता छ । ‘मलाई त यस्तो लाग्न थालेको छ कि सरकार नै एड्स लागोस् भन्ने चाहन्छ’ उनले भारतीय सञ्चार माध्यमसँग भनेकी छन्, ‘जबसम्म बच्चाले यस्ता विज्ञापन हेर्दैनन्, तबसम्म उनीहरू कसरी सुरक्षित यौनसम्बन्ध राख्न सक्छन् ।’

उनले आफुले कण्डमको विज्ञापनमा अभिनय गरेका थाहा पाएपछि सुनियोजित रुपमा विज्ञापनमा रोक लगाएको आरोप पनि लगाएकी छन् ।

‘सरकारले सन्नी लियोन र बिपाशा वसुको कन्डमको विज्ञापनमा त रोक लगाएको थिएन । तर, जब मैले कन्डमको विज्ञापन खेलेको थाहा पाएँ अनि यसको विज्ञापन प्रसारणमा बन्देज लगाउन थालियो । के सरकार मसँग डराएको हो ?’ उनले भनेकी छन्, ‘हेर्दै नहेरी मैले खेलेको विज्ञापनसँग किन दुस्मनी ? के यस्ता विज्ञापनमा रोक लगाएर सरकार दिउँसो कसैलाई यौनसम्बन्ध राख्न पनि रोक्न सक्छ ?’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...