राष्ट्रिय आमसञ्चार नीति कार्यन्वयनमा जोड

Img 0066[1]

काठमाडौं । नेपालमा संचालित सञ्चार माध्यमहरुलाई समावेशी बनाउन सरकारले जारी गरेको आमसञ्चार नीति प्रभावकारी रुपमा कार्यन्वयन हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

जागरण मिडिया सेन्टरले मंगलबार राजधानीमा आयोजना गरेको आमसञ्चार नीति र समावेशी मिडिया विषयक संवादमा सहभागीहरुले आम सञ्चार नीति प्रभावकारी रुपमा लागू हुनुपर्नेमा जोड दिएका हुन् ।

उनीहरुले समाजमा पछाडी पारिएका तथा राज्यको मूलधारमा समावेश हुन नसकेका समुदायहरुलाई राज्यका सरकारी तथा निजी क्षेत्रबाट संचालित सञ्चार माध्यमहरुले समानुपातिक र समावेशी बनाउन पनि सरकारले आम सञ्चार नीति लागू गर्नुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेलले नेपालका आम सञ्चार माध्यमहरु समावेशी नभएकै कारण आमसञ्चार नीति बनाउन सरकारलाई दवाव दिनुपर्ने अवस्था आएको बताए ।

उनले नेपाली सञ्चार माध्यमलाई पूर्ण समावेशी बनाउन र नेपाली सञ्चार क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरुको दक्षता र क्षमता अभिवृद्धिका लागि पनि आम सञ्चार नीति कार्यान्वयन जरुरी रहेको बताए ।

सो कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै फोनिजका अध्यक्ष डण्ड गुरुङले नेपालका सरकारी एवम् नीजि क्षेत्रको लागानीमा संचालन भएको संचार माध्यमहरुमा आदिवासी जनजाती, महिला, दलित, मुस्लिम लगायतका समुदायको आवाजलाई नसमेटिएका कारण मिडियाहरुलाई समावेशी बनाउनु परेको बताए ।

जागरण मिडिया सेन्टरका अध्यक्ष रेम विश्वकर्माले राज्यले उपेक्षा गरेका र पछाडी पारेका समुदायको मिडियामा उपस्थिति नभएसम्म उनीहरुका सवालहरु सञ्चार माध्यममा सशक्त रुपमा आउन नसक्ने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...