एभरेष्ट प्रिमियर लिग इपिएलमा पोखरा विजयी

Epl

काठमाडौँ । एभरेष्ट प्रिमियर लिग इपिएलमा पोखरा राइनोजले चितवन टाइगर्सलाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय खेल मैदानमा आज भएको खेलमा पोखराले चितवनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको हो ।

पोखराको जितमा पाकिस्तानी खेलाडी इस्रारुल्लाहले सर्वाधिक ६१ रनको योगदान दिए । उनले ५२ बल खेल्दै ६ छक्का र एक चौका हाने । सुनिल धमलाले अविजित ४६ रन जोडे ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११३ रन बनायो । जवाफी ब्याटिङमा उत्रेको पोखराले १७.२ ओभरमा लक्ष्य पूरा ग¥यो । चितवनका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४२ तथा अनिल मण्डलले ३२ रन बनाए ।

बलिङतर्फ पोखराका इस्रारुल्लाहले चार तथा ताज वालीले तीन विकेट लिए भने कप्तान शक्ति गौचन र विक्रम सोबले एक÷एक विकेट लिए ।

प्रतिकृया दिनुहोस