२५ वर्षपछि मुस्कुराउँदै आए भीमसेन

Bhim lama

काठमाडौं । २५ वर्षअघि ‘मुसुक्क हासी दिदा ज्यानै लुट्यो’ गीत गाएर चर्चा कमाएका गायक भीमसेन टी लामाले यसैको रिमेक लिएर आएका छन् । उनले यो रिमेक गीत सोमबार सार्वजनिक गरेका हुन् ।

यसलाई विश्व बल्लभको शब्द रहेको गीतमा शम्भुजित बाँस्कोटाको संगीत रहेको छ ।

‘म यो बीचमा चलचित्र क्षेत्रमा व्यस्त भए । अब गीत संगीत क्षेत्रलाई नै निरन्तरता दिन्छु । यसको पहिलो कोशेली मेरै चर्चित गीत हो’ उनले भने, ‘मुसुक्क हासी दिँदा ज्यानै लुट्यो’ लिएर फेरि आएको छु ।’

उनी ‘ए कान्छी परेकी बान्की, चिटिक्कै परी बजारै जान्छिन र एउटी सुन्दरी म माथि मर्छे जस्ता गीत समेटेर नयाँ एल्वम पनि ल्याउने तयारीमा जुटेका छन् ।

चलचित्र सीमा रेखाबाट नेपाली चलचित्रमा प्रवेश गरेका भिमसेनले विषालु, कस्तो सम्झौता, अंशवण्डा, देश प्रदेश, परदेसी कान्छा, नासो, अंसवण्डा लगायतका थुप्रै चलचित्रमा अभिनय गरेका छन् ।

कुनै समय निक्कै चर्चामा रहेको यो गीतको रिमेक भिडियोमा श्याम पाण्डे र विनिता वलीलाई फिचरिङ गरिएको छ । जसलाई संजय पाण्डेले निर्देशन गरेका छन् । विनोद तामाङको कोरियोग्राफर रहेको गीतको भिडियोलाई क्षितिज महर्जनले छायाँकन गरेका हुन् । यसलाई भकारी म्युजिकले बजारमा ल्याएको हो ।

प्रतिकृया दिनुहोस