प्रदेश राजधानी माग्दै धनकुटामा प्रदर्शन

Dhankuta pradesh aviyan

धनकुटा । प्रदेश १ को राजधानी बनाउन माग गर्दै धनकुटामा आन्दोदन तीव्र भएको छ ।

पुर्वाञ्चल विकास क्षेत्रको सदरमुकामसमेत रहेको धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउन स्थानीयले लामो समयदेखि आन्दोलन गर्दै आएका छन् ।

प्रदेश राजधानीको माग गर्दै धनकुटामा आइतवार प्रदर्शन गरिएको छ । मदनचौकबाट सुरु भएको जुलुस बजार परिक्रमा गरी क्षेत्रीय प्रशासन कार्यालय धनकुटा पुगेको थियो ।

उद्योग वाजिज्य संघ, नागरिक समाज र सरोकारवालाहरु सहभागि सो जुलुस क्षेत्रीय प्रशासन कार्यालय पुगेर धर्ना दिएको थियो । यसअघि उनीहरुले प्रधानमन्त्रीलाई सम्बोधन गरिएको एक ज्ञापनपत्र पनि बुझाएका थिए ।

सुरक्षा, भौतिक संरचनाका साथै भौगोलिक रुपले समेत धनकुटा प्रादेशिक राजधानीका उपयुक्त भएकाले प्रदेश राजधानी बनाउन दवाव दिने उदेश्यले धर्ना दिइएको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरेले बताए ।

हरेक हिसाबले धनकुटा प्रदेशको राजधानी बनाउन उपयुक्त भए पनि त्यसलाई बेवास्ता गर्दै अन्यत्रै राजधानी तोक्ने षडयन्त्र भइरहेकोले आन्दोलनमा उत्रिन बाध्य भएको बताए । पहिले देखि नै प्रशासनिक केन्द्र हुँदै यसअघि पूर्वाञ्चल विकास हुन् । पहिलेदेखि नै क्षेत्रीय सदरमुकाम रहेको धनकुटालाई सरकारले बेवास्ता गरेका कारण आन्दोलन सुरु भएको हो ।

अढाइ सय वर्षअघिदेखि प्रशासनिक केन्द्र रहेको, ऐतिहासिक, भौगोलिक र सामरिक रुपले समेत प्रादेशिक राजधानीका लागि उपयुक्त भएको भन्दै उद्योग वाणिज्य संघको अगुवाईमा लामो समयदेखि धनकुटामा आन्दोलन हुँदै आएको छ । १ नं. प्रदेशको सबै ठाउँको संगमस्थल धनकुटा नै भएकोले धनकुटाको विकल्प नभएको घिमिरे बताउँछन् ।

नागरिक समाजको अगुवाइमा दबाब आन्दोलन थालिएको हो। तेह्रथुम, भोजपुर, संखुवासभा र खोटाङ लगायतका जिल्लाहरु समेत धनकुटा नै प्रादेशिक राजधानी हुनुपर्ने पक्षमा रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...