तेक्वान्दोका पूर्वखेलाडी सुदर्शन सम्मानित

Kheladi samman

काठमाडौं । सृजना ज्ञान सागर तेक्वान्दो डोजाङले चेम्बर अफ कमर्स मकाउका अध्यक्ष सुदर्सन थापामगरलाई सम्मान गरेको छ ।

सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघमा डोजाङ प्रमुख फिरोज श्रेष्ठले नेपालमा तेक्वान्दो खेल विकासमा महत्वपुर्ण भुमिका निर्वाह गरेकाले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

तारकेश्वर नगरपालिकास्थित गोलढुंगा लोलाङ–४ मा रहेको सृजना ज्ञान सागर स्कुलका प्रिन्सिपल राजेन्द्रप्रसाद फुयाँलले डोजाङको प्रगती र विकासका लागि सहयोग पु¥याएकाले कदर स्वरुप सम्मान गरिएको हो । एनआरएन मकाउका पूर्वअध्यक्षसमेत रहेका थापामगर तेक्वान्दोका पूर्वखेलाडी हुन् ।

प्रतिकृया दिनुहोस