अध्यक्ष ओलीलाई राजेश हमालको बधाई

 ओलीले भने, “देश र जनताले दिएको जिम्मेवारी पूरा गर्नेछु”

Rajesh hamal

 

भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश र जनताले आफूलाई गरेको विश्वास र दिएको जिम्मेवारीबाट विमुख नहुने बताएका छन् । 

बधाई तथा शुभकामना दिन शनिबार ओली निवास बालकोटमा पुग्नुभएका नेपाली चलचित्रका चर्चित नायक राजेश हमालसँग कुरा गर्दै उनले राष्ट्रियताको अडानले आम नेपालीलाई उत्साहित बनाउँदै आफूलाई दिएको जिम्मेवारी पूरा गर्ने बताए । 

ओलीले भने, “जनता र देशले मलाई जुन विश्वास र जिम्मेवारी दिएका छन् त्यसलाई म कुशलतापूर्व निर्वाह गर्नेछु, देश र जनताका निम्ति मैले निर्वाह गरेको भूमिकाबाट कसैलाई पनि पछुतो हुने छैन ।” 

अध्यक्ष ओलीले चलचित्र नायकहरुले चलचित्रको अभिनयमा मात्र सीमित नभई देश बनाउनका लागि पनि भूमिका निर्वाह गर्नुपर्ने बताए । 

नायक राजेश हमालले आगामी सरकारको नेतृत्व गरेर देशलाई स्थिरता, शान्ति र विकासको महायात्रामा अगाडि बढाउनु पर्ने भन्दै शुभकामना दिए । देशका लागि आवश्यक पर्दा आफू जुनसुकै सहयोग गर्न तयार रहेको हमालले बताए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...