अलविदा बलिउड अभिनेता शशी कपुर

Shasi kapoor

काठमाडौं । बलिउडका चर्चित अभिनेता शशि कपुरको सोमबार ७९ वर्षको उमेरमा निधन भएको छ ।

आइतबार उनलाई छातीमा भएको संक्रमणका कारण अन्धेरीस्थित कोकिलाबेन अम्बानी अस्पतालमा भर्ना गरिएको थियो ।

उनले १ सय १६ वटा हिन्दी फिल्ममाअभिनय गरेका थिए । उनले सन् १९६१ मा फिल्म ‘धर्मपुत्र’ बाट बलिउड इन्ट्री गरेका थिए । उनी चर्चित अभिनेता पृथ्वीराज कपुरका छोरा हुन् । उनले सन् १९४८ मा ‘आग’ फिल्ममा बाल कलाकारको भूमिकासमेत निर्वाह गरेका थिए । शशि कपुरले केही अंग्रेजी फिल्ममा पनि अभिनय गरेका छन् ।

‘पद्मभूषण र दादा साहेब फालके’ सम्मान प्राप्त गरेका शशिले ११६ वटा हिन्दी फिल्ममा काम गरेका थिए ।

उनले ‘जब जब फूल खिले’, ‘वक्त’, ‘शर्मिली’, ‘दिवार’, ‘कभी कभी’, ‘सत्यम् शिवम् सुन्दरम्’, ‘जुनुन’, ‘त्रिशुल’, ‘सुहाग’, ‘प्यारका मौसम’, ‘कलियुग’, ‘नमक हलाल’, ‘न्यू दिल्ली टाइम्स’ जस्ता सफल फिल्ममा अभिनय गरेका छन् ।

सन् १९८४ मा पत्नी गुमाएका शशिका एक छोरी र दुई छोरा छन् । उनकी पत्नी जेनिफर केन्डलको क्यान्सरका कारण मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...