एभरेष्ट प्रिमियर लिग  

Lig pp

 

काठमाडौँ । सर्वाधिक पुरस्कार राशिको एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेट प्रतियोगिताको खेल तालिका आज सार्वजनिक भएको छ ।

खेल तालिकानुसार आगामी पुस ३ देखि १५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका खेल कीर्तिपुरस्थित त्रिविको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौँ किंग्स इलेभेन र ललितपुर पाट्रिओट्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा छ टोलीले प्रतिस्पर्धा गर्नेछन् । काठमाडौँको किंग्स इलेभेन, ललितपुरको पाट्रिओट्स, विराटनगरको वारियर्स, भैरहवाको ग्लाडिएटर, पोखराको राइनोज र चितवनको टाइगर्स टोली सहभागी हुनेछन् ।

प्रतियोगिताको विजेता टोलीले २१ लाख प्राप्त गर्नेछ, जुन नेपाली क्रिकेटको इतिहासमा सर्वाधिक पुरस्कार राशि हो । यसअघि प्रधानमन्त्री कपको विजेताले २० लाख पुरस्कार पाएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...