नेपाली कथानक चलचित्र ‘कोशेली’को फष्टलुक सार्वजानिक

Koseli 1

काठमाडौं । आगामी पौष ७ गतेलाई रिलिज मिति तोक्दै फिल्म ‘कोशेली’को फष्टलुक सार्वजनिक भएको छ ।प्रेम, द्वन्द्व, विछोडलगायतका विषय समेटिएको फिल्मको दुई पोष्टर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको हो ।

फष्टलुकमा फिल्मका कलाकारहरुलाई प्रमुख स्थान दिइएको छ । भोले बाबा फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा उमादेवी खत्री प्रस्तुतकर्ता छिन् ।

मनोज खत्रीको लेखन तथा निर्देशन रहेको फिल्ममा मनोज खत्री, दिनेश शर्मा, जेएन घिमिरे, रचना लामा, सुरज ढकाल, मञ्जिला बुढाथोकी, तेजा ऐर, उमा भट्टराई, तारा लामा र सन्तोष कार्कीको अभिनय छ ।

निर्देशक मनोजले अहिलेको पुस्ताले मनपराउने खालको समय सामयिक कथालाई फिल्ममा देखाइएको बताए । ‘फिल्मले अहिलेको पुस्ताको प्रेमकथालाई समेटेको छ, आम दर्शकका लागि फिल्म रुचीकर हुनेछ ।’ उनले भने ।

फिल्ममा अभिषेक पौडेलको सम्पादन, सत्यम राना र सुदिप आचार्यको भीएफएक्स, कृष्ण कोइरालाको प्रोडक्सन, विकास चौधरीको संगीत, देव महर्जनको द्वन्द्व, दिनेश लिम्बुको कोरियोग्राफी र रवि कोइरालाको छायांकन छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...