किन यसरी नेपालीके मन दुखाए दलाई लामाले ?

Dalai lama

काठमाडौं । नेपालीले अहिलेसम्म गौतम वुद्ध नेपालमा जन्मिएका हुन् भनिरहेका छन् । तर, बुद्ध भारतमा जन्मिएका हुन् भनी कथित दावीलाई हालै सम्पन्न बौध सम्मेलनले भारतको दावीलाई अस्वीकार गरेको छ ।

तर, बौध सम्मेलनले पारित गरेको कुरालाई विवादास्पद छवीका दलाई लामाले भने बुद्ध भारतमा जन्मिएका हुन् भनेर ३ करोड नेपालीको मन दुखाएका छन् ।

पछिल्लो समयमा नेपालमा पनि लामाका अनुयायीहरु बढ्दै थिए । त्यही बेला बुधबार भारतका सञ्चारकर्मीसँग कुरा गर्दै लामाले गौतम बुद्ध भारतमा जन्मिएका हुन् भनेर विवादास्पद अभिव्यक्ति दिएका छन् । लामाले सो अभिव्यक्ति दिएपछि नेपालमा उनको आलोचना हुन थालेको छ ।

अभिव्यक्ति सच्याउ : लोहनी
लामाले दिएको अभिव्यक्तिका विरुद्ध विभिन्न राजनीतिक पार्टी र संघ संस्थाहरुले विरोध जनाएका छन् ।

यसैक्रममा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले लामालाई आफ्नो अभिव्यक्ति तुरुन्त सच्याउन आग्रह गरेको छ । अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले बिहीबार विज्ञप्ती जारी गर्दै लामाको भनाई निन्दनीय भएको बताएका छन् ।

डा. लोहनीले करोडौ नेपालीको भावनामा चोट पुग्नेगरी लामाले दिएको सो अभिव्यक्ति कुनै पनि नेपालीका लागि मान्य नहुने बताएका छन् । डा. लोहनीको विज्ञप्तीमा लामाले दिएको भनाई दुर्भाग्यपूर्ण भएको उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस