‘वाम गठबन्धनका इन्द्रमणीजी त्यस्तो अनुभवी राजनीतिक खेलाडी होइन’

Arjun thapa

नेपाली राजनीति सधैं एकैनासको हुँदैन । अर्जुन थापा नेपाली राजनीतिक यस्ता पात्र हुन्, जसले विरासतको राजनीतिभन्दा पनि संघर्षको राजनीति मन पराउँछन् । धनकुटा जिल्लाको तत्कालीन मुगा गाविस वडा नं. १ मा जन्मिएका थापाले लामो समयसम्म नेपाली कांग्रेसमा रहेर राजनीतिलाई अगाडी बढाए । मधेश आन्दोलनसँगै उपेन्द्र यादवसँग राजनीतिक साइनो जोडेका थापा संघीय समाजवादी फोरमको केन्द्रिय सदस्य छन् । उनी फोरमकै तर्फबाट धनकुटा क्षेत्र नं. ‘ख’ मा प्रदेश सभा उम्मेदवार बनेका छन् । प्रस्तुत छ, धनकुटामा चुनाव प्रचारप्रसारमा रहेका लोकतान्त्रिक गठबनधनबाट साझा उम्मेदवार थापासँग निर्वाचन केन्द्रित रहेर निशान न्युजका लागि गोपाल बराइलीले गरेको कुराकानी :

 
निर्वाचन आउन लागेको छ । प्रचारप्रसार पनि गरिरहेनु भएको छ । कस्तो छ तयारी ?
मैले धनकुटा प्रदेश नं. ‘ख’ मा लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवारको रुपमा उम्मेदवारी दिएको छु । अहिले हामी चुनावको प्रचारप्रसारमा छौं । साम्यवादी र सर्वसत्तावादी वाम गठबन्धन शक्तिलाई हराउन ३ दलीय लोकतान्त्रिक गठबन्धन सक्षम छ । कार्यकर्ताहरुमा उत्साह छाएको छ । यो उत्साहलाई कायम राख्दै २१ मंसिरमा हुने निर्वाचनलाई विजयमा परिणत गराउने अभियान जारी छ ।

लामो समयदेखि धनकुटामा राजनीतिक गर्दै आउनुभएको मान्छे । के कारणले तपाईलाई जनताले मत दिनुपर्ने कारणहरु ?
म धनकुटाको राजनीतिमा २५ वर्षदेखि सक्रिय छु । मैले २/२ वटा प्रतिनिधि सभाको निर्वाचनमा भाग पनि लिएको छु । म धनकुटाका लागि परिचित व्यक्ति हुँ । त्यसकारण पनि जनताले मेरो व्यवहार र क्रियाकलाप हेरेका छन् र बुझेका पनि छन् । त्यसकारण पनि म र लोकतान्त्रिक गठबन्धनका तर्फबाट पतिनिधि सभामा उम्मेदवार बन्नु भएका सुनीलबहादुर थापा, प्रदेश नं. ‘क’ का उम्मेदवार मनोहर नारायण श्रेष्ठलाई जनताले विश्वास गर्ने छन्, माया गर्ने छन् भन्ने लाग्छ ।
धनकुटालाई प्रदेश नं. १ को राजधानी कसरी बनाउन सकिन्छ भन्ने हाम्रो मुख्य जोड छ । यदी धनकुटालाई प्रदेशको राजधानी बनाउन सकियो भने धनकुटालाई विकासको पहुँचमा हुनेछ र काठमाडौं केन्द्रित जुन परिपाटी छ, त्यसमा परिवर्तन आउने छ । त्यो काम लोकतान्त्रिक गठबन्धनले मात्र सक्छ ।

तपाई बलियो उम्मेदवार त हो, त्यसमा विमत्ति छैन । खासमा तपाईको प्रतिष्पर्धी को हो ?
धनकुटामा अहिले लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच उडा प्रतिष्पर्धा छ । प्रदेश नं. ‘ख’ मा वाम गठबन्धनका इन्द्रमणी पराजुली मेरो मुख्य प्रतिष्पर्धी हो । तर, उहाँ त्यस्तो अनुभवी राजनीतिक खेलाडी होइन । उहाँ एक पटक नेकपा एमालेकै तर्फबाट जिल्ला विकास समितिमा विद्रोही उम्मेदवार भएको व्यक्तित्व मात्रै हो । तर, उहाँसँग जति राजनीतिक खुवी छ, त्यो भन्दा बढी मसँग छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्न म सक्षम छु । तथापि अहिलेको निर्वाचनमा उहाँ र मेरो निक्कै कडा प्रतिष्पर्धा रहेको मैले स्वीकार गरेको छु ।

तपाई अहिले जनताको घर दैलोमा हुनुहुन्छ । यही क्रममा तपाईसँग भेट पनि भएको छ । कस्तो छ जनताको प्रतिक्रिया ?
जनताको प्रतिक्रिया एकदम उत्साहप्रद छ । हामी आउँदै छौ भन्ने सुनेपछि खेतीपातीमा व्यस्त रहेका जनताहरु हामीलाई भेट्न उत्साही भएर आउनुभएको छ । यसबाट म र हाम्रो लोकतान्त्रिक गठबन्धन एकदम उत्साही छ । उहाँहरुले देशभर वाम गठबन्धनको ध्रुवीकरण अस्वीकार्य भइरहेको अवस्थामा धनकुटामा पनि अस्वीकार्य हुने निश्चित छ । त्यसकारण पनि धनकुटामा लोकतान्त्रिक गठबनधनको जित सुनिश्चित छ । बल्लबल्ल जारी भएको लोकतान्त्रिक संविधानलाई जोगाउन पनि धनकुटेली जनताले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई अत्याधिक मत दिएर विजयी गराउनु हुनेछ भन्ने विश्वास लिएको छु ।

तपाई दोस्रो संविधान सभाको निर्वाचनमा सुनसरीबाट तत्काली मधेशी जनअधिकार फोरमको तर्फबाट निर्वाचनमा भाग लिनुभयो । अहिले धनकुटा प्रदेश नं. ‘ख’ बाट निर्वाचनमा भाग लिँदै हुनुहुन्छ । तर तपाईलाई त धेरैले अवसरवादी नेता भनेर टिप्पणी पनि गर्छन् नि होइन ?
यो अवसरको कुरा होइन, आवश्यकताको कुरा हो । राजनीति गर्दै जादा कहिलेकाहीँ निर्वाचन क्षेत्र अदलबदल भइ नै रहन्छ, यो सामान्य कुरा हो । मुख्य कुरा तपाई जुन क्षेत्रबाट निर्वाचन लडे पनि जनताको सामिप्यतामा कति छ भन्ने कुरामा भर पर्छ । हामी पार्टीको जिम्मेवार नेता भएको हुँदा राष्ट्रिय जिम्मेवारी पनि बहन गर्नुपर्छ । त्यो अवस्था आवश्यकताअनुसार निर्वाचनमा भाग लिनुपर्छ । अहिले म धनकुटामा अवसरवादी भएर होइन कि म मेरो जन्म थलो र कर्म थलोको विकासका लागि आएको हुँ । मलाई आवश्यकताले यहाँ ल्याएको हो, त्यो कुरा जनतालाई राम्ररी थाहा छ ।

तपाई धनकुटाबाट निर्वाचित हुनुभयो भने के निर्वाचनका बेला बोलेका कुरा पूरा गर्नुहुन्छ त ?
अवस्य पनि । मैले अहिले सिँचाईको व्यवस्था गर्ने, खानेपानी नपुगेको ठाउँमा खानेपानीको व्यवस्था गर्ने, विद्युत नपुगेका ठाउँ लैजाने र कतिपय ठाउँ पोलसमेत राम्रा छैनन् । यी ठाउँहरुमा पोलको व्यवस्थापन गर्ने योजना छ । अहिले धेरै ठाउँमा गाउँलेले आफ्नै सक्रियतामा बाटो खनेका छन्, ती बाटोको स्तर उन्नती गर्ने र केन्द्रियस्तरको योजनामा पार्ने लक्ष्य लिएको छु । शिक्षाको गुणात्मक सुधार योजना छ । पाख्रिवासमा कृषी क्याम्पस सञ्चालन गर्न आवश्यक पर्ने सबै गृहकार्य गर्ने, त्यसका लागि जग्गाको खोजी भइरहेको छ । जिल्लाका पर्यटकीय स्थलको खोजी गरी त्यसको विकास गर्ने आफ्नो चनावी प्रतिवद्धतालाई म जसरी पनि पूरा गर्छु । साथै मैले चुनावी अभियानका क्रममा जे जति प्रतिवद्धता गरेको छु, ती सबै मन र बचनले पूरा गर्नेछु ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...