यसरी गरियो रिबेल्जियमको इपरमा वीर गोर्खालीप्रति श्रद्दाञ्जली

Belgiym sahid

काठमाडौं । प्रथम विश्व युद्धमा शाहदत प्राप्त गर्ने वीर गोर्खालीको सम्मानमा तमु समाज बेल्जियमले बेल्जियमस्थित इपरमा श्रद्दाञ्जली कार्यक्रमको आयोजना गरेको छ ।

प्रथम विश्व युद्धको हतियार बिसाएको दिन ११ नोबेम्वर (कात्तिक २५ गते) लाई विश्वभरी दिवसको रूपमा मनाउने क्रममा विगत १५ वर्षदेखि तमु समाज बेल्जियमको संयोजनमा हरेक वर्ष श्रद्दाञ्जली कार्यक्रम गरिँदै आएको छ ।

समाजमा महासचिव सुर्य गुरूङका अनुसार सो कार्यक्रममा बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापाको उपस्थिति रहेको सो कार्यक्रममा गैर आवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष लोक दाहाललगायत विभिन्न सामाजिक सङ्घ/संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

सोही अवसरमा राजदूत लोकबहादुर थापा, समाजका अध्यक्ष जीवन तमु,  एनआरएनका अध्यक्ष दाहाल र पत्रकार महेश थापाले विदेशमा बस्ने नेपालीहरू बीचको एकतामा जोड दिएका थिए ।

गत वर्ष नेपाल सरकारको पहलमा बेल्जियमस्थित इपर (बेल्जियम र जर्मनको सिमाना) मा स्मारक स्थापना गरिएको थियो । पहिलो विश्व युद्धमा बेल्जियममा ५८ जना गोर्खालीले सहादत प्राप्त गरेको समाजमा महासचिव गुरूङको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...