महिलामैत्री समाचार सम्प्रेषण गर्न आग्रह

Mahila hinsaa

विराटनगर, कात्तिक २१ । वैदेशिक रोजगारमा महिला विदेश जाँदा अवश्यक पर्ने सीप एवं सम्बन्धित देशको भाषासम्बन्धी सामान्य ज्ञान हुनुपर्नेमा आयोजित अन्तरक्रियामा सहभागीहरूले सुझाव दिएका छन् । 

महिला पुनःस्थापना केन्द्र ओरेक र नेपाल पत्रकार महासंघ मोरङ शाखाले संयुक्तरुपमा आयोजना गरेको वैदेशिक रोजगारमा महिला सामाजिक दृष्टिकोण र सञ्चारमाध्यमको भूमिका विषयक अन्तरक्रियाका वक्ताले वैदेशिक रोजगार नीतिको दायरा फराकिलो नहुँदा महिला कामदार विदेशी मुलुकको विमानस्थल प्रयोग गर्न बाध्य भएकोमा पनि जोड दिए ।

ओरेकका अध्यक्ष मौसमी राईले महिलाले वैदेशिक रोजगारमा जाँदा सुरक्षित हुन र सूचनाको पहँुच स्थानीयस्तरमा पुगेमा महिला हिंसाबाट सुरक्षित हुने बताईन् ।

पत्रकार महासंघका मोरङ अध्यक्ष बन्धु पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा महासंघ उपाध्यक्ष इन्दिरा भट्टराई र ओरेककी शोभा बजगाईंले वैदेशिक रोजगार सुरक्षित हुनुपर्ने र सञ्चारकर्मीले महिलामैत्री समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...