भालुको आक्रमणमा वृद्ध महिला घाइते

Acham valu news

अछाम । अछाममा भालुको आक्रमणबाट एक जना बृद्ध महिला गम्भीर घाइते भएकी छन् ।

पञ्चदेवल विनायक नगरपालिका –१ की ६५ वर्षीय धनी तिमिल्सैना घाइते भएकी हुन् । छोरीलाई भेट्न मगलसेन नगरपालिका ६ मा आएकी तिमिल्सैनालाई घर नजिकै भैसोलो भन्ने ठाउँमा भालुले आक्रमण गरेको थियो ।

घर नजिकै टिमुर टिपिरहेका बेला एक्कासी भालु आएर उनलाई आक्रमण गर्दा अनुहार र बाया खुट्टामा गम्भीर चोट लागेको उनका ज्वाई हरी भण्डारीले बताए । उनलाई तत्काल अछाम जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको भए पनि अछाममा उपचार हुन नसकेपछि नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...