दलित बालिकालाई बलात्कार गरी आँखा फुटाउनेलाई कारवाहीको माग

17 1

काठमाडौं । भोजपुर जिल्लाको आम्चोक गाउँपालिका वडा नम्वर ९ दुम्मानाकी १४ वर्षिया बालिकालाई बलात्कार गरी आँखा फुटाई यातना दिनेलाई हदैसम्मको कारवाही गर्न दलित अगुवाहरुले माग गरेका छन् ।

यही कात्तिक ११ गते एक दलित बालिकालाई बलात्कार गरी ज्यान मार्ने उद्देश्यले आँखा फुट्ने गरी यातना दिने स्थानीय २२ वर्षीय सन्तोष श्रेष्ठलाई हदैसम्मको कारवाही गरी पीडित बालिकालाई न्याय दिन दलित अगुवाहरुले माग गरेका छन् ।

दलित नागरिक समाजका मोतीलाल नेपालीको अगुवाईमा दलित नागरिक समाजका अगुवाहरूले शुक्रबार प्रहरी प्रधान कार्यालय, अपराध अनुनसन्धान विभाग प्रमुख एआइजी बमबहादुर भण्डारीलाई ज्ञापन–पत्र बुझाउँदै घटनाको निष्पक्ष अनुसन्धान तथा छानविन गरी संलग्न व्यक्तिहरूलाई कानून अनुसारको कडाभन्दा कडा कारवाही गर्नुपर्ने माग गरे ।

साे बुझाइएको ज्ञापन पत्रमा घटनामा संलग्न सन्तोष श्रेष्ठलाई कानून अुनसार बलात्कार, अंगभंग तथा ज्यान मार्ने उद्योगसम्बन्धी कसूरमा कडाभन्दा कडा सजायको कारवाही र पीडित बालिकाका परिवारलाई धम्की आइरहेकाले सुरक्षा प्रदान गर्न माग गरेका छन् ।

दलित नागरिक समाजका संयोजक मोतिलाल नेपाली, दलित गैरसरकारी संस्था महासंघका अध्यक्ष रामलखन हरिजन, दलित नागरिक समाजमा आबद्ध दलित महिला केन्द्रकी अध्यक्ष गौरा नेपाली, नेपाल दलित महिला उत्थान संघकी अध्यक्ष पम्फा परियार, जागरण मिडिया सेन्टरका अध्यक्ष रेम विश्वकर्मा लगायतले एआइजी भण्डारीलाई ज्ञापन पत्र बुझाएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...