गौरती मेला शनिवार सुरु हुने, सबै तयारी पूरा

Gaurati mela

चौतारा । सिन्धुपाल्चोकको प्रसिद्ध गौरती भीमेश्वरको मेला शनिबारदेखि सुरु हुने भएको छ ।

सदरमुकाम चौताराबाट ४ किलोमिटर उत्तर दक्षिणमा पर्ने गौरती भीमेश्वरको यो मेलामा देशको कुना काप्चाबाट हजारौं भक्तजनहरु आउने गरेका छन् । जिल्लाकै ठूलो पर्वको रुपमा परिचित यस मेलामा पूर्णिमाको रात भक्तजनहरुले अखण्ड दीप प्रज्ज्वलन गरी जागाराम बसे मनोकांक्षा पुरा हुने विश्वास छ ।

३ दिनसम्म चल्ने यो मेलामा पूर्णिमाको रात चौतारा नगरपालिका ७ स्थित भीमेश्वरको मन्दिरबाट भीमसेनको मूर्तिलाई रथमा राखी बाजागाजासहित गौराती मन्दिर पु¥याई त्यहाँको भीमेश्वरसँग मिलन गराउने प्रचलन रहिआएको छ । यसरी मिलन गराइसकेपछि भोलिपल्ट साँझमा सो मूर्तिलाई पुनः रथमा राखी चौतारामा नै फर्काउने गरिन्छ ।

गौराती भीमेश्वरको मूर्ति कति पूरानो हो भन्ने कुनै अभिलेख नभए पनि विसं. १६४२ मा दलबहादुर कुँवरले चढाएको घण्टाको आधारमा ४ सय २९ वर्ष भन्दा बढी पूरानो भएको आँकलन गर्न सकिन्छ ।

२०५३ सालमा गौराती मन्दिर पुनर्निर्माण गरेसँगै पर्यटनको रुपमा यस क्षेत्रको विकास गर्न खाका तयार भए पनि खासै कार्यान्वयन भने हुन सकेको छैन । जुगल हिमश्रृंखला र गौरीशंकर हिमाललाई नजिकबाट अवलोकन गर्न सकिने यस क्षेत्र आन्तरिक र बाह्य पर्यटकका लागि नयाँ गन्तव्य बन्न सकिने थुप्रै आधारहरु भए पनि यसतर्फको चासो कम भएको छ । यद्यपि पर्यटन विकासका लागि गौरती विकास समाज र गौरती युवा समूहले बेला बेलामा भने विविध कार्यक्रम भने गर्दै आएको छ ।

विगतका वर्षमा अव्यवस्थित स्टल र यातायातका साधन व्यवस्थापन गर्न नसक्दा दर्शनार्थीले निक्कै समस्या भोग्नुपरेको थियो । यो वर्ष भने मेला अवधिमा जिविस डाँडाबाट मन्दिर स्थलसम्म सवारी साधान पार्किङको व्यवस्था गरिएको छ । गौरती भीमेश्वरको दर्शनमा छिमेकी जिल्लाहरुबाट समेत दर्शनार्थी आउने गरेको मन्दिर व्यवस्थापन समितिका सदस्य चन्द्र खत्रीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...