विकासप्रेमी नेतालाई भोट

Oap

उत्तरगया । रसुवाका जनताले आगामी निर्वाचनमा जिल्लाको विकास गर्ने नेतालाई भोट दिने बताएका छन् । 

मंसिर १० गते हुन लागेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा आफ्नो गाउँ र जिल्लाको विकास गर्ने नेतालाई भोट दिने बताएका हुन् । सुन्तली विश्वकर्मा आफ्नो गाउँमा सडक जोडिदिने विकासप्रेमी नेतालाई भोट दिने बताईन् –“रसुवाका कयौँ बस्ती अझैसम्म सडक सञ्जालसँग जोडिन सकेको छैन, सडक सञ्जाललाई जोड्ने नेतालाई भोट दिन्छु,”–विश्वकर्माले भनिन् ।

उत्तरगया गाउँपालिका–५ का मतदाता प्रह्लाद पौडेल बेरोजगार युवालाई रोजगार सिर्जना गर्ने नेतालाई भोट हाल्ने बताए । “धेरै युवा बेरोजगार छन् जुन नेताले युवालाई रोजगारको वातावरण मिलाउछ, त्यसैलाई भोट हाल्छौँ,”– उनले भने ।

कालिका गाउँपालिका–३ का मतदाता नवराज न्यौपाने जिल्लाको समग्र विकासको लागि योजना बनाउनसक्ने र पढेको योग्य उम्मेदवारलाई आफूले मतदान गर्ने बताए । “रसुवामा लाङटाङ, गोसाइँकुण्ड, तातोपानी, क्याग्जीङ, गणेश हिमाल, सोम्दाङ हिमाल, उत्तरगयाधाम लगायत पर्यटकीय स्थल छन् ।

रसुवामा नेपाली काँग्रेस र नयाँ शक्ति नेपालबीचको गठबन्धनका तर्फबाट प्रतिनिधिसभामा नेपाली काँग्रेसका इञ्जिनियर मोहन आचार्य, प्रदेश (क) मा नेपाली काँग्रेसकै प्रभात तामाङ र प्रदेश (ख) मा नयाँ शक्ति नेपालका प्रेम तामाङ चुनावी मैदानमा छन् ।

पाँच स्थानीय तह भएको रसुवामा स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले दुई गाउँपालिका, नेकपा एमालेले दुई गाउँपालिका र नयाँ शक्ति नेपालले एक गाउँपालिकामा विजय हासिल गरेको थियो । स्थानीय तहको मत परिणामअनुुसार नेपाली काँग्रेस र नयाँ शक्तिको लोकतान्त्रिक गठबन्धन वाम गठबन्धनभन्दा एक हजार ५०० मतले अगाडि देखिन्छ रसुवामा ३२ हजार तिन सय २३ मतदाता रहेका छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...