आज उम्मेदवारको विरोधमा उजुरी

Nirbachan logo h

काठमाडौँ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनअन्तर्गत दोस्रो चरणमा हुने निर्वाचनअन्तर्गत आज बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारको विरोधमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा आज उजुरी दिने कार्यक्रम रहेको छ । 

बिहीबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्य सम्पन्न भएसँगै दोस्रो चरणअन्तर्गत आगामी मंसिर २१ गते हुने निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ चार हजार सात सय ८ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । ४५ जिल्लामा प्रतिनिधिसभातर्फ एक सय २८ र प्रदेशसभातर्फ दुई सय ५६ सदस्य पदका लागि परेको हो ।

प्रतिनिधि सभातर्फ एक हजार सात सय ४२ र प्रदेश सभातर्फ दुई हजार नौ सय ६६ उम्मेदवारी दर्ता भएको छ । प्रतिनिधिसभातर्फ एक सय २६ र प्रदेशसभातर्फ दुई सय ९ गरी जम्मा तीन सय ३४ महिलाको उम्मेदवारी परेको छ ।

निर्वाचन कार्यक्रमअन्तर्गत भोलि उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र सोही दिन उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची रहेको छ । कात्र्तिक १९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने सूची रहेको छ ।

निर्वाचनमा भाग लिन राजनीतिक दल र तिनका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले हिजो बाजागाजासहित सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...