राष्ट्रिय राजनीतिबाट सन्यास लिएको छैन : बिजुक्छें

Narayan man

भक्तपुर । नेपाली राजनीतिमा भक्तपुर भन्ने वित्तिकै नेपाली नेपाल मजदुर किसानका अध्यक्ष नारायणमान बिजुक्छेंको जिल्ला भन्ने गरिन्छ । तर, विहीबार प्रतिनिधि सभा निर्वाचनमा मनोनयन नगरेपछि उनले राजनीतिमा सन्यास लिएकी भन्ने आशंका गरिएको थियो ।

तर, उनले आफुले अहिले नै राजनीतिबाट सन्यास नलिएको स्पष्टीकरण दिएका छन् । उनले आगामी मंसिर २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफूले उम्मेदवारको मनोनयन दर्ता नगराए पनि राष्ट्रिय राजनीतिबाट सन्यास नलिएको स्पष्ट पारेका छन् ।
उनले आफू प्रतिनिधिसभामा प्रत्यक्ष रुपमा संलग्न नभए पनि पार्टीको अध्यक्ष भएरै राष्ट्रिय राजनीति भूमिकामा सक्रिय रहने बताए । रफत सञ्चार क्बलले शुक्रवार आयोजना गरेको कार्यक्रममा विजुक्छेंले नयाँ पुस्तालाई राजनीतिक स्थान दिन योपटक आफुले उम्मेदवारी नदिएको बताए ।
‘युवा पुस्ता पनि जिम्मेवारी बहन गर्न सक्षम रहेका कारण पार्टीको निर्णय अनुसार नै पुस्ता हस्तान्तरण गरिएको हो’ उनले भने, ‘नेपालको राष्ट्रिय राजनीतिले बाटो बिराउँदै गएको वर्तमान अवस्थामा पार्टी बिस्तारभन्दा पनि आफू र आफ्नो पार्टीले सैद्धान्तिक र गुणात्मक बिषय उठाउँदै जान भनेर यो पटक उम्मेदवारी नदिएके हुँ ।’ वामपन्थी बिचारलाई थप सुदृढ र सशक्त गर्न पार्टीकै राजनीतिमा सक्रियरुपमा रहने बिजुक्छेले बताए ।
एमाले र माओवादी केन्द्र सत्ताका लागि मात्र गठबन्धन गरेको उनले आरोप लगाए । ‘यो गठबन्धनभित्र नै आन्तरिक कलह भइरहेकोले यसले दिर्घकालीन रुप लिन सक्दैन’ उनले भने, ‘यो गठबन्धनको उदेश्य भनेकै सत्तामा जाने हो, अरु केही होइन ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...