तेह्रथुममा यसरी भयो मनोनयन दर्ता, देखिएन तडकभडक

Tetrathum 1

तेह्रथुम । निर्धारित समयभन्दा ढिला गरेर मात्रै मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका दलहरुमध्ये कतिपयले साँझ अबेरसम्म पनि उम्मेद्वारको मनोनयनका लागि आवश्यक कागजात जुटाउन सकेका थिएनन् ।

साना दलले खासै जनप्रदर्शन गर्न सकेनन् भने दुई ठूला दलहरुले प्रतिष्पर्धात्मक प्रदर्शन गरे । नेपाली कांग्रेस र बाम गठबन्धनले विभिन्न जातीय झाँकी र पन्चे बाजासहितको –यालीले बजार परिक्रमा गरी जिल्ला अदालतसँगै रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेद्वारी दर्ता गराएका छन् ।

प्रदेश नं. १ को पहाडी जिल्ला तेह्रथुममा पनि दलहरुले शान्तिपुर्ण मनोनयन दर्ता गराएका छन् । प्रतिनिधि सभाका लागि ११, प्रदेश सभा क्षेत्र नं. १ मा ८ र क्षेत्र नं. २ मा ६ जनाको उम्मेद्वारी परेको छ ।

प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लाबाट नेपाली कांग्रेस, बाम गठबन्धन, संघीय लिम्बुवान मन्च, संघीय समाजवादी फोरम, नयाँ शक्ति नेपाल, राप्रपा प्रजातान्त्रिक, मंगोल नेशनल अर्गनाइजेसन, राष्ट्रिय जनमोर्चा, जनमुक्ति पार्टी, देशभक्त गणतान्त्रिक मोर्चा र नेकपा मालेले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ नेपाली कांग्रेसकी युवा नेतृ भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले मनोनयन दर्ता गराएकी छन् । बाम–गठबन्धनका तर्फबाट नेकपा एमालेका निवर्तमान सांसद भवानीप्रसाद खापुङले उम्मेदवारी दर्ता गराए ।

प्रतिनिधि सभामा एक मात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुमबाट संघीय लिम्बुवान मन्चका शंकरमान लिम्बु, नयाँ शक्ति पार्टी नेपालका टंकबहादुर भट्टराई, नेकपा मालेका डिल्ली बुढाथोकी, मंगोल नेशनल अर्गनाइजेसनका गंगाबहादुर चोङवाङ, संघीय समाजवादी फोरमका तीर्थ अधिकारी, राष्ट्रिय जनमोर्चाका हरिलाल अधिकारी, देशभक्त जनगणतान्त्रिक मोर्चाका कालीबहादुर फुदोङ, राप्रपा प्रजातान्त्रिकका गौरीप्रसाद कन्दङवा र जनमुक्ति पार्टीका सागरनाथ रेग्मीको उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईले बताए ।

प्रदेश सभा सदस्यका लागि क्षेत्र नं. १ मा कांग्रेस जिल्ला सभापति गोविन्द ढुंगाना, एमाले जिल्ला अध्यक्ष लक्ष्मण तिवारी, संघीय लिम्बुवान मन्चका पुर्व जिल्ला अध्यक्ष देउनारायण सम्बाहाम्फे, संघीय समाजवादी फोरमका सुर्य मादेन, नयाँ शक्ति नेपालका जिल्ला संयोजक विष्णुप्रसाद दाहाल, मंगोल नेशनल अर्गनाइजेसनका डालेश्वर लिम्बु, नेकपा मालेका माधव खनाल र राप्रपा प्रजातान्त्रिकका धनराज कन्दङवाले उम्मेद्वारी दर्ता गराए ।

यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष विजय सम्बाहाम्फे, नेकपा एमालेका पूर्वजिल्ला अध्यक्ष तेजमान कन्दङवा, संघीय लिम्बुवान मन्चका विष्णुकुमार चोङवाङ, नयाँ शक्ति पार्टीका राजेन्द्र कन्दङवा, मंगोल नेशनल अर्गनाइजेसनका डम्बर लिम्बु, नयाँ शक्ति नेपालका राजेन्द्र कन्दङवाको उम्मेद्वारी परेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...