गुरुङले दिए चितवन २ बाट उम्मेदवारी

Binod 16

चितवन । नयाँ शक्ति पार्टीका बिनोदकुमार गुरुङले चितवनको नं. २ बाट उम्मेद्वारी दर्ता गरेका छन् । गुरुङले प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ता गरेपछि गुरुङले गुरुङले नयाँ शक्ति भन्नेबित्तिकै आत्तिनु नपर्ने बताएका छन् । गुरुङले नयाँ शक्ति प्रतिको जनताको आकर्षण बढिरहेको भन्दै अरु पार्टीहरु आत्तिएको बताए । ‘हामीले जनताको पक्षमा बोलेका छौं र भोली पनि जनताकै लागि काम गर्छौं’ उनले भने, ‘त्यसैले पनि जनता खुशी छन् र अरु पार्टीका नेताहरु अत्तालिएका छन् ।’

अरु दलहरुले गरेका कामबाट जनता वाक्क भएका कारण पनि यो पटक जनताले नयाँ शक्तिलाई मतदान गर्ने उनले दावी गरे । गुरुङले चितवनको लागि आफूले बिकासका योजना पनि बताएको जनाए ।

‘जहाँ गएर पनि जनताको काम गर्न सकिन्छ, चितवनलाई सम्वृद्ध बनाउने योजनाले सार्थकता पाउला भन्ने अपेक्षा गरेको छु’ उनले भने ‘चितवन स्थानीयवासीको मात्र नभएर सबैको आशाको केन्द्र भएकाले यसको बिकासका लागि मेरो योजना स्वभाविक र व्यवहारिक हुन्छ ।’

अरु दलहरु असफल भएको र जनताले उनीहरुको काम हेरिसकेकाले पनि जनताको समर्थन नयाँ पार्टीमा भएको उनको भनाई छ । ‘अब जनता पनि बाठा भइसकेका छन्, पुराना नेताले ढाँट्दैमा जनता अलमलिने छैनन्’ उनले भने ‘नयाँ शक्तिका एजेण्डा राम्रा छन्, जनताले बुझिसकेकाले अब समस्या छैन ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...