यी ठूला नेता, जसका विरुद्ध बागी नै बागी

Ramchandra paudel  gobindaraj joshi

काठमाडौं । केही यस्ता नाम चलेका नेता छन्, जसले मंसिर २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा एक्लै लड्न नपाउने भएका छन् । त्यसमा पनि आफु समानका हस्ती नै बागी उम्मेदवार बनेपछि उनीहरुको टाउको दुखाई बनेको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध पनि बागी उम्मेदवारी परेको छ । लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका रामचन्द्र पौडेलविरुद्ध तनहुँ क्षेत्र नं. १ मा नेपाली कांग्रेसकै पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली कांग्रेसले तनहुँ क्षेत्र नं. १ मा पौडेललाई आधिकारिक उम्मेदवार बनाएपछि असन्तुष्ट जोशीले स्वतन्त्र रुपमा बिहीबार दिउँसो २ बजे ठूलो समूहसाथ निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका थिए ।

त्यसैगरी माओवादी केन्द्रका नेता हरिवोल गजुरेलले प्रतिनिधिसभामा सिन्धुली क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका छन् । उनीबिरुद्ध माओवादी केन्द्र निकट किसान संघका केन्द्रीय उपाध्यक्ष रामकुमार पौडेलले बागी उम्मेदवारी दिएका छन् ।

त्यसैगरी सिन्धुलीमै माओवादी केन्द्रका जिल्ला अध्यक्ष लेखनाथ दाहाल उम्मेदवार भएको प्रतिनिधिसभा १ को ‘क’ प्रदेशमा माओवादी केन्द्रका जिल्ला उपाध्यक्ष दिलबहादुर बिक बागी उम्मेदवार बनेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...