कुन शीर्ष नेताले कहाँ गरे मनोनयन दर्ता ?

Leaders 16

काठमाडौं । मंसिर २१ गते हुने दोस्रो चरण निर्वाचनका लागि बिहीबार ४५ जिल्लामा विभिन्न पार्टीका शीर्ष नेताहरुले उम्मेदवारी दर्ता गराएका छन् । कतिपय जिल्लाहरुमा अझैं उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ ।

बाम गठबन्धनका एक शीर्ष नेता नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गरए । वामगठबन्धनका अर्का प्रभावशाली नेता तथा एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवन क्षेत्र नं. ३ बाट उम्मेदवारी दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले भने डडेल्धुराबाट उम्मेदवारी दर्ता गराएका छन् । प्रधानमन्त्री देउवाको उम्मेदवारी पूर्व स्वकीय सचिव गणेश पन्तले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।

त्यसैगरी राप्रपाका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाले मकवानपुर क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेस नेता विमलेन्द्र निधि प्रतिनिधिसभा सदस्यका लागि धनुषा ३ बाट उम्मेदवारी दर्ता गराएका छन् । राप्रपा प्रजातान्त्रिकका महामन्त्री तथा उद्योग मन्त्री सुनीलबहादुर थापाले धनकुटाबाट उम्मेदवारी दर्ता गराएका छन् ।

मधेशमा राम्रो पकट जनमाएका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सप्तरी क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गराएका छन् । एमाले नेता लालबाबु पण्डित प्रतिनिधिसभा सदस्यका लागि मोरङ ६ मा उम्मेदवारी दर्ता गरे । कानुनमन्त्री एवं कांग्रेस नेता यज्ञबहादुर थापा प्रतिनिधिसभा सदस्यका लागि कास्की १ बाट उम्मेदवारी दर्ता गरे ।

प्रधानमन्त्रीपत्नी आरजु देउवा प्रतिनिधिसभा सदस्यका लागि कैलाली ५ मा उम्मेदवारी दर्ता गरिन् । विनाविभागीय मन्त्री गिरिराजमणि पोखरेल जुलुससहित निर्वाचन कार्यालय आइपुगेका महोत्तरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराए ।

कांग्रेस युवा नेता गगन थापाले नक्सालको नारायणचौरमा आफ्नो उम्मेदवारी दर्ता गराए । प्रतिनिधिसभा सदस्यका लागि अर्घाखाँचीबाट वाम गठबन्धनका साझा उम्मेदवार पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले उम्मेदवारी दर्ता गराएका छन् ।

झापा क्षेत्र नम्बर १ मा कांग्रेसका विश्वप्रकाश शर्माले आफ्नो उम्मेद्वारी दर्ता गराएका छन् भने वाम गठबन्धनबाट एमालेका राम कार्कीले आफ्नो नाम दर्ता गराएका छन् ।

क्षेत्र नं. २ बाट कांग्रेसका उद्धव थापा र एमालेकी पवित्रा खरेल, ३ बाट वाम गठबन्धनको समर्थनमा राप्रपाका राजेन्द्र लिङ्देन र कांग्रेसका कृष्णप्रसाद सिटौला, ३ बाट कांग्रेसका देउकुमार थेवे र एमालेका एलपी साँवा र ५ बाट एमालेका केपी शर्मा ओली र कांग्रेसका डा. खगेन्द्र अधिकारीले उम्मेद्वारी दर्ता गराएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...